काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट १६ लाख ९७ हजार ८०२ जना कोरोना संक्रमित भेटिएका छन् । हालसम्मको तथ्यांक अनुसार विश्वमा एक लाख २ हजार ६९३ जनाको मृत्यु भएको छ । यस्तै, ३ लाख ७६ हजार १८४ जना भने उपचारपछि निको भएका छन् ।
अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा १८ हजार ७ सय २५ जनाको मृत्यु भएको छ भने ५ लाख २३ हजार १८ जना संक्रमित फेला परेका छन् ।
अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो स्पेन जहाँ १६ हजार ८१ जनाको मृत्यु भइसकेको छ भने १ लाख ५८ हजार २ सय ७३ जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ३ हजार ३ सय ३६ जनाको मृत्यु भएको छ ।
यस्तै, इटालीमा १८ हजार ८ सय ४९, फ्रान्समा १३ हजार १९७, जर्मनीमा २ हजार ७६७, बेलायतमा ८ हजार ९५८, इरानमा ४ हजार २३२, टर्कीमा १ हजार ६, बेल्जीयममा ३ हजार १९, स्वीजरल्याण्डमा १ हजार २, नेदरल्याण्डमा २ अजार ५११, ब्राजिलमा १ हजार ६८ जनाको मृत्यु भइसकेको छ ।
विश्वका २१० मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा ९ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म कसैको मृत्यु भएको छैन ।