१३ असार २०८३, शनिबार
,
Latest
डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद विकास कोष आवश्यक छैन,कोषको रकम कोरोना कोषमा राख्ने निर्णय गरिहालौं : प्रवक्ता श्रेष्ठ



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद विकास कोषको रकम कोरोना कोषमा राख्नुपर्ने बताएका छन्। प्रवक्ता श्रेष्ठले शनिबार ट्वीट गर्दै सांसद विकास कोष आवश्यक नरहेको पनि उल्लेख गरेका छन्।

‘मैले पहिलेदेखि भन्दै आएको छु, सांसद विकास कोष आवश्यक छैन मात्र होइन अनुचित छ,’ उनले भनेका छन्, ‘अहिले कोरोना संकटको सन्दर्भमा यसको खर्च नभएको रकम कोषमा राखौं।’

श्रेष्ठले अबदेखि सांसद विकास कोषमा बजेट नराख्न पनि माग गरेका छन्।

श्रेष्ठले प्रमुख प्रतिपक्षीलगायत दलसँग सरकारले समन्वय गर्नुपर्ने बताउदै उच्चस्तरीय समन्वय समितिले बैठकलाई निरन्तरता दिनुपर्ने पनि उनले बताएका छन्।

यसलाई नियमितता दिनु उपर्युक्त हुन्छ। सुझाव लिन र निर्णयहरूको औपचारिक जानकारी लिन,’ उनले भनेका छन्।