२३ आश्विन २०८१, बुधबार
,
Latest
बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद विकास कोष आवश्यक छैन,कोषको रकम कोरोना कोषमा राख्ने निर्णय गरिहालौं : प्रवक्ता श्रेष्ठ



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद विकास कोषको रकम कोरोना कोषमा राख्नुपर्ने बताएका छन्। प्रवक्ता श्रेष्ठले शनिबार ट्वीट गर्दै सांसद विकास कोष आवश्यक नरहेको पनि उल्लेख गरेका छन्।

‘मैले पहिलेदेखि भन्दै आएको छु, सांसद विकास कोष आवश्यक छैन मात्र होइन अनुचित छ,’ उनले भनेका छन्, ‘अहिले कोरोना संकटको सन्दर्भमा यसको खर्च नभएको रकम कोषमा राखौं।’

श्रेष्ठले अबदेखि सांसद विकास कोषमा बजेट नराख्न पनि माग गरेका छन्।

श्रेष्ठले प्रमुख प्रतिपक्षीलगायत दलसँग सरकारले समन्वय गर्नुपर्ने बताउदै उच्चस्तरीय समन्वय समितिले बैठकलाई निरन्तरता दिनुपर्ने पनि उनले बताएका छन्।

यसलाई नियमितता दिनु उपर्युक्त हुन्छ। सुझाव लिन र निर्णयहरूको औपचारिक जानकारी लिन,’ उनले भनेका छन्।