२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेकु दोभानमा एक जना मृत फेला



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपलिका–१२ टेकस्थित टेकु दोभानमा आज एकजना महिलाको शव फेला परेको छ ।

काभ्रे घर भई हाल काठमाडौँ महानगरपालिका–१६ म्हैपी बस्ने २२ वर्षीया रितु मगर आज मृत अवस्थामा फेला परेकी प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जानकारी दिनुभयो ।रासस