कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत ३ जना कोरोना संक्रमितको रिपोर्ट फेरि पनि पोजिटिभ आएको छ । प्रादेशिक अस्पतालमा उपचाररत ३ जनाको तेस्रो परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
धनगढीका युवकका तेस्रो पटक र उनकी भाउजूसहित भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषको दोस्रो पटक थ्रोट स्वाबको नमूना परीक्षण गर्दा रिर्पोट पोजिटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले जानकारी दिए ।
त्यस्तै, मुम्बइबाट फर्किएका कैलालीको लम्कीचुहाका २१ वर्षीय पुरुषको परीक्षणको रिर्पोट भने आउन बाँकी रहेको बताइएको छ । संक्रमितको ४ जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।