४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापाका बाढीपीडितलाई राहत ‘प्याकेज’



अ+ अ-

झापा। अविरल वर्षापछिको बाढीका कारण पूर्ण प्रभावित भएका परिवारलाई तत्काल राहत उपलब्ध गराइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाको समन्वयमा आज बसेको बैठकले बाढीका कारण पूर्ण प्रभावित र विस्थापित भएका परिवारलाई तत्काल राहत प्याकेज उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार तत्काल पूर्ण प्रभावित परिवारलाई २५ केजी चामल, दुई केजी नुन, दुई केजी दाल, एक लिटर तेल, पाँच केजी आलु र दुई थान ब्ल्याङ्केट र दुई थान म्याट्रेस उपलब्ध गराइने छ । बैठकले बाढीपीडितलाई सहयोग गर्न चाहने सङ्घसंस्थालाई जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्न र कम्तीमा रु ३० हजार बराबरको राहत प्याकेज उपलब्ध गराउन अनुरोध गर्ने निर्णयसमेत गरेको उहाँले जानकारी दिनुभयो ।

सहयोगी सङ्घसंस्थाले नगद सहयोग उपलब्ध गराएको खण्डमा ‘एकका लागि एक’ अभियानअन्तर्गत राहत सामग्री खरिद गरी वितरण गर्ने निर्णय गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

लोकमार्ग मर्मतपछि सवारी सञ्चालन

बाढीका कारण अवरुद्ध भएको झापाको शिवसताक्षी नगरपालिका–१० स्थित पूर्वपश्चिम लोकमार्ग सञ्चालन भएको छ । यहाँ सुकुना खोलाको बाढीले ‘ड्राइभर्सन’ भत्किएको थियो ।

आवश्यक मर्मतपछि दुवैतर्फ सवारी आवागमन पूर्णरूपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

शवको पहिचान खुल्यो

जिल्लाको कनकाई नगरपालिका–४ कोटीहोमस्थित कनकाई माई खोलाको छेउमा फेला परेको शवको पहिचान खुलेको छ ।

असोज १९ गते मृतक फेला परेका व्यक्ति इलाम नगरपालिका–१० गोदक निवासी अन्दाजी ७० वर्षीय गर्जमान तामाङ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले मृतकका छोरा दावा तामाङले शव पुष्टि गरेको बताउनुभयो ।  शव हाल भद्रपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस