२२ मंसिर २०८२, सोमबार
,
Latest
ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो तोरीबारीबीच चम्किने हिमशृंखला-फोटो फिचर वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि… मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अविरल वर्षाका कारण फसेका नागरिकलाई सेनाले गर्‍यो उद्धार



अ+ अ-

काठमाडौँ। असोज १७ गते बेलुकीदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा फसेका नागरिकलाई नेपाली सेनाले उद्धार गरेको छ ।

मोरङ्गको कटहरी गाउँपालिका–४ नयाँबजार इलाकास्थित लोहन्द्रा खोलामा आएको बाढीका कारण सुकुम्बासी टोल डुबानमा परेर फसेका छ जना बालबालिकालाई शिवदल गणको टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस्तै, झापाको झापा गाउँपालिका–१ मिलनबस्तीमा डुबानमा परेका १० जना पुरुष र पाँच जना महिला गरी १५ जनालाई अरिदमन गणबाट खटिएको टोलीले मोटरबोटबाट उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

सोही इलाकामा माई खोलाले हुलाकी राजमार्ग कटान गरी फसेका करिब ८० जनाको उद्धार गरिएको छ । यसका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर आवश्यक उपकरण र दक्ष जनशक्तिसहित उक्त स्थानतर्फ खटिएकामा हालसम्म १६ जनाको हवाई उद्धार र मोटरबोटबाट २० जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाँकी व्यक्तिलाई समेत उद्धार गर्ने कार्य भइरहेको नेपाली सेनाले जनाएको छ ।

सोही गाउँपालिका–२ सडक बस्ती तथा वडा नं ६, स्वर्णमति युवा टोलमा बाढीका कारण डुबानमा परेका १३ महिला र ११ पुरुष गरी २४ जनालाई अरिदमन गणबाट खटिएको टोलीले सकुशल उद्धार गरी सुरक्षित स्थानमा राखेको छ ।

इलामको इलाम नगरपालिका–६ घोस इलाकामा पहिरोमा पुरिएका व्यक्तिको खोज तथा उद्धारका क्रममा रणशार्दुल गणबाट खटिएको फौजले पाँच जनाको शव फेला पारेको छ । साथै जीवितै उद्धार गरिएका एक जनालाई थप उपचारको लागि जिल्ला अस्पताल इलाम पठाइएको पनि निर्देशनालयले जनाएको छ ।रासस