२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग राति ९ देखि बन्द



फाईल फोटो
अ+ अ-

चितवन।  नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा आज राति ९ बजेपछि बन्द गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार र शनिबार परेको वर्षाका कारण पहिरोको उच्च जोखिम भएकाले अहिले राति ९ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि सडकमा आवागमन बन्द गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार चितवनबाट पोखरा र काठमाडौँतर्फ जाने सवारीसाधनलाई राति ९ बजेपछि सडक प्रयोग नगर्न आग्रह गरिएको बताउनुभयो ।

यसअघि नै जिल्ला भित्रने सवारीसाधनका लागि समेत ९ बजेभित्र जिल्ला प्रवेश गर्न सूचना जारी गरिसकेको उहाँले बताउनुभयो । खनालले भन्नुभयो, “मौसम यथावत् रहेमा बिहान चाँडै सडक सञ्चालनमा ल्याउन सकिने छ । अन्यथा स्थानीय प्रशासनले निर्धारित गरेको होल्डिङ सेन्टरमा नियमानुसार रहनुपर्ने छ । अत्यावश्यक अवस्थामा आएका सवारीसाधनलाई भने रोकिने छैन ।”

बर्सातका कारण रोकिएका सवारीसाधनलाई आज बिहानदेखि आवश्यकताअनुसार गन्तव्यमा पठाइएका र स्थानीय प्रशासनको समन्वयमा आज मात्रै पाँचवटा सवारीसाधनको व्यवस्था गरी विमानस्थलबाट यात्रुलाई काठमाडौँ पठाएको थियो ।