८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

यातायात बन्दको निर्णयमा पुनःविचार गर्न सकिने

यातायात बन्दको निर्णयमा पुनःविचार गर्न सकिने
अ+ अ-

काठमाडौँ । शुक्रवार रातिदेखि सबैभन्दा बढी वर्षा रौतहटको महेशपुरमा भएको छ ।

शुक्रवार र शनिवार रौतहटको महेशपुरमा सबैभन्दा बढी वर्षा भएको हो । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ जलवायु विज्ञ विनोद पराजुलीकाअनुसार महेशपुरमा करिव ३० घण्टामा ३५४.६ मिलिमिटर वर्षा भएको छ । महेशपुरमा १९ घण्टा लगातार वर्षा भएको थियो । रौतहटको गौरमा ३ सय ३७ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । उहाँकाअनुसार बाराको कलैयामा ३ सय ३५ दशमलव ६ मिलिमिटर वर्षा भएको छ ।

इलामको हिमाल गाउँमा पछिल्लो २४ घण्टामा ३ सय ३४ मिलिमिटर वर्षा भएको छ । यसबाहेक २ सय ५० देखि ३ सय मिलिमिटरको आसपासम्म करिव ४९ वटा केन्द्रमा अति भारी वर्षा भएको छ । यि केन्द्रहरु वागमती, मधेस र कोशी प्रदेशका हुन् । भारी वर्षा करिव ७५ वटा अन्य केन्द्रहरुमा भएको छ । यि केन्द्रहरुमा २ सय ५० भन्दा कम र १ सय मिलिमिटर भन्दा बढी वर्षा भएको छ । कोशी, वागमती र मधेस प्रदेशको पूर्णतया क्षेत्रमा एवं लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा र गण्डकी प्रदेशको मध्य र पूर्वी क्षेत्रमा अति भारी वर्षा भएको छ ।

यस्तो छ पछिल्लो अवस्था 

वरिष्ठ जलवायु विज्ञ पराजुलीकाअनुसार पछिल्लो अवस्थामा हाल वर्षा मध्य क्षेत्रबाट हटिसकेको  छ । पूर्वी क्षेत्रमा सामान्य वर्षा भइरहेको छ । अबको केही घण्टामा पूर्वी क्षेत्रबाट पनि वर्षा हट्ने बताउनु भयो । हल्कादेखि मध्यम वर्षा कोशी प्रदेशको पहाडी, चुरे क्षेत्रमा र सुदूरपूर्व क्षेत्रमा वर्षा जारी रहने बताउनु भयो । अहिले ६ वटा नदीहरु खतरा तह भन्दा माथि छन् । सप्तकोशी नदी चतराले खतराको तह पार गरेको छ । कोशी, गण्डकी र कर्णालीमध्ये कोशी नदीले मात्रै यस वर्ष खतराको तह पार गरेको बताउनु भयो ।

नारायणी र कर्णालीले हालसम्म खतराको तह पार गरेका छैनन् । मौसम विज्ञान भिवागले चतरालाई अति उच्च जोखिममा राखेको छ भने उदयपुर, सप्तरी र सुनसरीको लागि चेतावनी जारी गरिएको बताउनु भयो । सप्तकोशीमा खतराको तह भन्दा माथिको वहाव बेलुकासम्म नै रहने बताउनु भयो । कन्काई नदीमा शतर्कता तह भन्दा माथि पानीको बहाव रहेको बताउनु भयो । सुनकोशीमा पनि खतराको तह भन्दा माथि वहाव छ भने अरुण र तमोर नदीमा पनि खतराको तह भन्दा माथिको बहाव छ ।

यातायात बन्दको निर्णयमा पुनःविचार गर्न सकिने 

वरिष्ठ जलवायु विज्ञ पराजुलीले देशको मध्य क्षेत्रबाट मनसुन निष्क्रिय भइसकेको कारणले तीन दिनको यातायात बन्दको निर्णयमा पुनःविचार गर्न सकिने बताउनु भयो । पहिरो, बाढीको अवस्थालाई मध्यनजर गरेर पुनःमूल्यांकन गर्न सकिने बताउनु भयो । कोशी पारीका जिल्लामा भने जोखिम कायमै रहेको बताउनु भयो ।

विस्तारै मनसुनी प्रणाली निष्क्रियतातर्फ उन्मुख भइरहेको बताउनु भयो । उहाँकाअनुसार महेशपुरमा एक घण्टामा ९७.२ मिलिमिटर वर्षा भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा हनुमन्ते, मनोहरा, वागमती, विष्णुमतीको तल्लो क्षेत्रमा डुबान रहेको भएपनि अहिले खतरा घटेको बताउनु भयो ।