२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय सरकारसँग समन्वय गरी अलपत्र यात्रुको व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयहरुसँग आग्रह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले स्थानीय सरकारसँग मिलेर जिल्ला प्रशासन कार्यालयलाई बाटोमा अलपत्र परेका यात्रुहरुलाई सुरक्षित राख्न आग्रह गरिएको बताउनुभएको छ ।

वर्षा हुनुभन्दा पहिला नै हिँडिसकेका तर गन्तव्यमा पुगि नसकेकाहरुका लागि यस्तो निर्णय लिइएको बताउनु भयो । उहाँले बाटोमा अलपत्र परेका यात्रुहरुको सुरक्षाका लागि सुरक्षित स्थानमा राख्ने, आवश्यक पर्ने खाद्यान्न, अन्य व्यवस्थापनको कार्य गर्न जिल्ला प्रशासन कार्यालयलाई स्थानीय सरकारस्ँग समन्वय गरेर काम गर्न आग्रह गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अगाडी नै हिँडिसकेका तर बाटोमा अड्किएका केही यात्रुहरु हुनुहुन्छ । उहाँहरुका सन्दर्भमा उहाँहरुलाई सुरक्षित राखिदिनका लागि, उहाँहरुलाई सुरक्षित स्थानमा राख्ने, आवश्यक पर्ने, खाद्यान्न र अन्य व्यवस्थापन गरिदिनका लागि सबै प्रमुख जिल्ला प्रशासन कार्यालयहरुले स्थानीय सकरार र वडा सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्नका लागि हार्दिक अनुरोध गर्दछौँ ।’

उहाँले ४ सय मिलिमिटर भन्दा बढी वर्षा हुने अनुमान रहेको बताउनु भयो । सुरक्षा निकायहरु देशभर सुरक्षार्थ परिचालन गरिएको जानकारी दिनुभयो ।




भर्खरै