४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सजगता र प्रतिकार्य तयारीका लागि कांग्रेसको आग्रह



अ+ अ-

ललितपुर। यही असोज १८ गते शनिबार साँझदेखि सक्रिय हुने प्रक्षेपण गरिएको भारी वर्षा गराउने प्रणालीको चुनौती सामना गर्न सम्पूर्ण सजगता र प्रतिकार्य तयारीका लागि सरकार, सम्बद्ध निकाय, दलहरू, स्वयंसेवीहरू एवं सम्पूर्ण नागरिकमा नेपाली कांग्रेस अपिल गरेको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज सूचना जारी गर्दै गत वर्षको असोज १२ मा भएको जनधनको ठूलो क्षतिको पीडासँग देश अहिले पनि जुधिरहेको जानकारी गराउँदै गत भदौ २३ र २४ को घटनाले देश थप मर्माहत रहेको बेला फेरि बाढीपहिरोको ठूलै जोखिमको सङ्केत मौसम विज्ञान विभाग र विज्ञहरूले गरेका छन् भन्दै यसतर्फ सचेत, सजगता र प्रतिकार्य तयारीका लागि पार्टीका तर्फबाट सरकार, राजनीतिक दल, सम्बद्ध निकाय, स्वयंसेवक र सम्पूर्ण नागरिकलाई अपिल गर्नुभएको हो । कांग्रेस पार्टीले सातबुँदे सतर्कता सुझाउँदै नागरिकलाई सुरक्षित रहन तथा जोखिम कम गर्न सरकार र स्थानीय निकायसँग सहकार्य गर्न आग्रह गरेको छ ।

“दसैँको टीका लगाउन या लगाइसकेर गन्तव्यम फर्किन लाखौँ नागरिक यतिबेला सडक यात्रामा छन्, अतः मौसमको तीव्र प्रतिकूलता नजिकिएको सूचना प्रभावित रूपले सम्प्रेषण गरौँ, सरकार र सम्बद्ध निकायले यस्तो बेला जारी गर्ने र गरेका सूचना अनिवार्य पालना गरेर सबै नागरिक सुरक्षित रहौँ, अरूलाई सुरक्षित बनाउन सुसूचित गरौँ,” सूचनामा भनिएको छ ।

त्यस्तै कांग्रेसले बाढीपहिरोको घोषित एवं सम्भावित जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित स्थलतर्फ केही दिनलाई सार्नुपर्ने आवश्यकता ठहर भएका ठाउँमा अविलम्ब स्थानीय तह र स्थानीय प्रशासनमार्फत आवश्यक बन्दोबस्तको पहल कदमी गरौँ भन्ने आग्रह गर्दै पहाडी भूगोल र भारी वर्षाले प्रभावित हुने अनुमान गरिएका सडक जोखिमपूर्ण रहेका सडक मार्गलाई निश्चित समयका लागि अनिवार्य बन्द गरौँ भन्ने आग्रह गरेको छ ।

पार्टीले सडक बन्द गरिँदा र बाढीपहिरोले सडक अवरुद्ध हुनपुग्दा त्यसले यात्रु र स्थानीयवासीलाई पर्ने कष्टमा स्थानीय प्रशासन, स्थानीय सरकार, स्थानीय दलहरू र स्थानीय स्वयंसेवीमार्फत सहजीकरण गर्न र गराउन अनुरोध गर्दै विपद्सँग जुध्न साधन, स्रोत र टिम तयारी अवस्थामा राखेर प्रतिकार्यमा प्रभावि ढङ्गको भूमिका तिनै तहका सरकारको समन्वयमा सम्पादन गरौँ भन्ने अपिल गरेको छ ।

पार्टीले तत्कालीन प्रतिकूल स्थिति दृष्टिगत गरेर जोखिमका सम्भावित क्षेत्रहरूमा अन्य सबै कार्य केही दिनलाई थाती राखेर ऐक्यबद्ध भएर चुनौती सामना गरौँ भन्दै सरकारले युद्धस्तरमा सजगता र तयारी राखोस् भन्दै सम्भावित विपद् सामना गर्न जिम्मेवार ढङ्गले सबै जुटौँ भन्नेमा जोड दिएको छ ।

कांग्रेसले आफ्ना सबै तहका नेता तथा कार्यकर्ताहरूलाई आफू कार्यरत ठाउँमा प्राकृतिक विपद्सँग जुध्न स्वयंसेवी भावना साथ कार्य गर्न अपिल गरेको छ ।