११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

जोखिमयुक्त फोहोर व्यवस्थापन केन्द्र सञ्चालनको तयारी

जोखिमयुक्त फोहोर व्यवस्थापन केन्द्र सञ्चालनको तयारी
अ अ+ अ-

सुदूरपश्चिम। स्वास्थ्य संस्थाहरुबाट निस्कने जोखिमयुक्त फोहोर व्यवस्थापनका लागि धनगढीमा नगरपालिकास्तरीय साझा फोहोर व्यवस्थापन केन्द्र सञ्चालनको तयारी गरिएको छ ।

‘हेकाफ ३६०’ नामको संस्थाको प्रविधिक सहयोगमा धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडमा उक्त फोहोर व्यवस्थापन केन्द्र सञ्चालनको तयारी गरिएको हो ।

उपमहानगरपालिका कार्यालयका वातावरण इन्जिनियर अशोक अवस्थीले ‘हेकाफ ३६०’ नामको संस्थाले उक्त फोहोर व्यवस्थापनका लागि कर्मचारीको क्षमता अभिवृद्धिका साथै उपकरणको सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी केही दिनमा यो केन्द्र सञ्चालनमा आउन लागेको छ, यसबाट जोखिमयुक्त फोहोरको पनि व्यवस्थापन हुनेछ ।”

उपमहानगरपालिकाको रु ६० लाखको लागतमा निर्माण गरिएको सो केन्द्रमा सबै स्वास्थ्य संस्थाहरुबाट सङ्कलन गरिने जोखिमयुक्त फोहोरलाई फोहोर व्यवस्थापन केन्द्रमा ल्याएर ‘अटो क्लेभ’ मेसिन प्रयोग गरी उच्च तापक्रम र उच्च प्रेसर (चाप)मा राखेर जीवाणु नष्ट गर्ने प्रक्रिया अपनाइन्छ । त्यसपछि मात्र फोहोरको वर्गीकरण गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । यसअन्तर्गत स्वास्थ्य संस्थाहरुले सेवा प्रदान गर्दा उत्पादन हुने फोहर स्रोतमै छुट्याउने प्रणालीको विकास गर्न लागिएको छ ।

एक वित्तीय विश्लेषण अध्ययनले स्वास्थ्य संस्थाको एक किलो जोखिमयुक्त फोहोर व्यवस्थापनका लागि रु ४३ देखि रु ५८ सम्म सेवा शुल्क पर्न आउने देखिएको बताइन्छ । धनगढी उपमहानगरपालिका कार्यालयले उपमहानगर क्षेत्रमा दैनिक हुने कुहिने र नकुहिने फोहरलाई ठेक्कामार्फत सङ्कलन गरेर व्यवस्थापन गरिरहेको भए पनि स्वास्थ्यसंस्थामा सङ्कलन हुने जोखिमयुक्त फोहोर व्यवस्थापनमा भने चुनौती देखिन थालेको अवस्थामा यो केन्द्र सञ्चालनसँगै जोखिमयुक्त फोहोरको पनि सहज व्यवस्थापन हुने अपेक्षा गरिएको छ ।

१९ वडा रहेको धनगढी उपमहानगरपालिकाका कतिपय ग्रामीण क्षेत्रका वडामा भने फोहोर व्यवस्थापनका साथै स्तरीय सडक र स्वच्छ खानेपानीलगायत पूर्वाधार अझै जुट्न सकेको छैन।