४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनको ओडिसामा भारी वर्षाका कारण नौ जनाको मृत्यु



अ+ अ-

ओडेसा।  युक्रेनी सहर ओडेसामा आएको भारी वर्षाले निम्त्याएको बाढीका कारण दक्षिणी बन्दरगाह सहरमा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु भएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार बताए ।

लगातार सात घण्टामा भएको बर्षको कारण प्रभावितहरुलाई उद्धारकर्ताहरूले सुरक्षित स्थानमा स्थानान्त्रण गरेको अधिकारीहरूले बताएका छन् ।

जेलेन्स्कीले बार्षका कारण परिस्थिति  असामान्य भएको र एक जना व्यक्ति अझै बेपत्ता रहेको बताए ।   बाढीमा फसेका  ३६२ जनालाई उद्धार गरिएको आपतकालीन सेवाले जनाएको छ ।

मेयर गेन्नाडी त्रुखानोभले स्थिति चुनौतीपूर्ण भए पनि नियन्त्रणमै रहेको बताउनु भएको छ ।   युक्रनेमा भोलि सम्म अझै खराब मौसमको जोखिम रहने पूर्वानुमान गरिएको छ ।(रासस÷एएफपी)