११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

खत्रीको १०औँ पटक ठेलो फाल्ने प्रतियोगितामा जित

खत्रीको १०औँ पटक ठेलो फाल्ने प्रतियोगितामा जित
अ अ+ अ-

म्याग्दी। ऐतिहासिक ताकमकोतमा यस वर्षको परम्परागत ठेलो फाल्ने प्रतियोगिताको उपाधि धवलागिरि गाउँपालिका–७ का ३५ वर्षीय अशोक खत्रीले जित्नुुभएको छ । सोही वडाका अध्यक्षसमेत रहेका खत्रीले १०औँ पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिताको उपाधि जितेर इतिहास रच्नुभएको हो ।

आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागीमध्ये सबैभन्दा टाढा फालेका खत्रीलाई ‘माल’ घोषणा गरिएको थियो । खत्रीबाहेक हालसम्म १० पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता कसैले पनि नजितेका कोतपुजा व्यवस्थापन समितिका सदस्य तेजिन्द्रबहादुर थापाले बताउनुभयो ।

“प्रतियोगितामा ताकम र आसपासका गाउँका २० युवाहरुले सहभागिता जनाएका थिए”, थापाले भन्नुुभयो, “पश्चिम म्याग्दीको महत्वपूर्ण शक्तिपीठ मानिने ताकमकोतको ठेलो प्रतियोगितामा विजयी हुनेलाई यस क्षेत्रमा माल भनेर सम्मान गरिन्छ ।”

विसं २०७१ देखि २०७७ सम्म लगातार सातपटक उपाधि जितेका खत्रीले २०७८ मा सहभागिता जनाउनुुभएको थिएन । विसं २०७९ मा मालिका गाउँपालिका–१ निस्कोटका याम परियारसँग पराजित हनुुभएको थियो । निरन्तरको अभ्यास, शारीरिक व्यायाम र स्वच्छ खानपानले उपाधि जिताउन सहयोग गरेको खत्रीले बताउनुभयो ।

“विसं २०७८ मा आमाको निधन भएको र २०७९ मा जनप्रतिनिधिका रुपमा काम गर्दा तयारी नपुुगेर सफल भएको थिइन”, उहाँले भन्नुुभयो, “विगतको मेरो रेकर्ड तोड्ने कोही पनि प्रतिस्पर्धी नदेखेपछि अन्तिममा प्रतिस्पर्धामा उत्रिएको थिए, एकै पटकमा अरूले भन्दा टाढा ठेलो फाले, सोख पूरा भएकामा खुुसी छुु ।”

मालको सम्मानले समाजमा स्थापित गराउन र निर्वाचनमा उम्मेदवार बनेर चुनाव जित्न सजिलो भएको खत्रीको अनुुभव छ । भलिबल र बास्केटबलका खेलाडीसमेत रहेका स्नातक तहको शिक्षा हासिल गरेका खत्री नेकपा (माओवादी केन्द्र)को धवलागिरि गाउँपालिका कमिटीको उपाध्यक्ष पनि हुुनुहुन्छ । जनप्रतिनिधिको जिम्मेवारी पूरा गरेपछि खेल प्रशिक्षक बन्ने खत्रीको लक्ष्य छ ।

खत्रीलाई गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुुर जुुग्जाली, गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुुनलगायतले फेता गुटाएर सम्मान गर्नुुभएको थियो । स्थानीयहरुले खत्रीलाई काँधमा बोकेर बाजागाजासहित गाउँ परिक्रमा गराएका थिए ।

महानवमी पर्वका अवसरमा परम्परागत चलनअनुसार ताकमकोतमा मच्छिमका छन्त्याल र काफलडाँडाका मगर समुदायले पुुख्र्यौली नाच र हिलापोखरीका कलाकारले नौमती बाजा प्रस्तुत गरेका थिए । ताकमकोतमा महानवमी पर्वका अवसरमा पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको थियो । रासस