१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनालाई लिएर सरकारको आलोचनाः नैतिक जिम्मेवारी लिन सांसद यादवको माग उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान सत्तारुढ दलकै सांसदले भने–मैले त परिवर्तन महशुस गर्न पाएको छैन भने आम जनताले कसरी परिवर्तनको… बुटवलका रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार, ६ लाख १३ हजार बढी क्षतिपूर्ति दिलाइयो सुनसरी घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न राप्रपाको माग राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, पछिल्लो सुरक्षा अवस्थाबारे छलफल हुँदै मार्गप्रशस्त गर्न सरकारलाई श्रम संस्कृति पार्टीको आग्रह सुनसरी घटनाबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने सांसद शर्माको माग शान्ति सुरक्षा र नैतिकताको प्रश्न उठाउँदै एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा कोदोखेती गर्ने किसान घट्दै



अ+ अ-

जुम्ला, १५ असोजः यहाँ पछिल्लो समय कोदोखेतीप्रति किसानको आकर्षण घटेको छ । बजारमा कोदोको पिठोको माग उच्च भए पनि खेती गर्नेको सङ्ख्या विस्तारै घट्ने क्रममा रहेको तिला गाउँपालिका–१ का स्थानीय पदम बुढाले जानकारी दिए।

कोदोको उत्पादन वृद्धि, खेती विस्तार तथा उपभोगलाई बढाउने लक्ष्यसहित यहाँका स्थानीय तहको ध्यान जान सकेको छैन । लोपउन्मुख बनेको कोदोेखेतीलाई प्रवद्र्धन गर्न सम्बन्धित निकायको कुनै चासो नगएको बुढाको भनाइ छ । यहाँका गाउँघरमा कोदोखेतीतर्फ किसानको आकर्षण बढेको छैन । तरकारी र नगदेबालीमा किसानले महत्व दिएर खेती गरिरहेका छन् ।

कोदोखेतीमा किसान आकर्षित हुन सकेका छैनन् । विशेषगरी यहाँको तिला, हिमा, सिञ्जा, पातारासी र तातोपानी गाउँपालिकाका किसानले कोदोखेती गर्न थालेका छन् । स्वास्थ्यका दृष्टिले लाभदायी मात्र नभइ राम्रो मूल्य पाइने भएकाले किसान यसतर्फ आकर्षित हुन नसक्नु यो राम्रो पक्ष होइन जुम्ला सदरमुकाम खलङ्गा बजार जैविक पसल सञ्चालनमा ल्याएका स्थानीय व्यापारी अर्जुन बुढाले बताए ।

अहिले कोदोको पिठो प्रतिकिलो रु दुई २०० ले बिक्री हुने गरेको छ । कोदोको पिठो विशेषगरी आन्तरिक पर्यटकको रोजाइमा पर्न गएको छ । बजारमा अत्यधिक माग हुने गरेको स्थानीय व्यापारी बुढाको भनाइ छ । जिल्लामा उत्पादित रैथाने बाली पछिल्ला वर्षमा लोप हुँदै गएकाप्रति यहाँका किसानले चिन्ता गरेका छन् ।

खेतीयोग्य जमिनमा रैथाने बाली हराउन थालेको छ । अहिले कृषि पेसामा युवा जनशक्तिको आकर्षण छैन । परम्परागतरूपमा खेती गर्ने पाका पुस्ताले मात्र रैथाने बाली लगाउँदै आएका छन् । पुराना अन्नबाली उत्पादनमा युवाको चासो नै छैन ।रासस