२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रद्धा र भक्ति भावसहित मनाइँदै महाष्टमीः जनकपुरको राजदेवी मन्दिरमा भक्तजनको घुइँचो



अ+ अ-

काठमाडौँ । नेपालीहरुको महान पर्व बडा दशैँको महाअष्टमी पर्व नेपालभर श्रद्धा र भक्ति भावसहित मनाइँदैछ ।

धार्मिक परम्पराअनुसार महाष्टमीका दिन देवी दुर्गाको महागौरी स्वरूपको पूजा–आराधना गर्ने गरिन्छ । भक्तजनहरूले माता गौरीको आराधना गर्दै परिवार, समाज र राष्ट्रको शान्ति, समृद्धि र सुख–शान्तिको कामना गर्ने गर्दछन् । जनकपुरधामस्थित माता राजदेवी मन्दिरमा पनि मंगलवार बिहानैबाट भक्तजनहरूको घुइँचो लागेको छ । पूजाअर्चना गरी प्रसाद चढाउने तथा महिलाहरूले खोइछ भर्ने क्रम जारी छ ।

घरपरिवारसहित आएका श्रद्धालुहरू दर्शन, आरती र चढावा अर्पण गर्न लाइनमा उभिएका छन् । महाअष्टमीको विशेष दिनमा बलि चढाउने परम्परा पनि प्रचलित छ । राजदेवी मन्दिर परिसरमा आज राति ८ बजेपछि बलि प्रदान गरिने महावीर युवा कमिटीले जनाएको छ । कमिटीकाअनुसार बलिप्रदानका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ भने भक्तजनहरूको सुरक्षासहित व्यवस्थापनमा स्थानीय प्रशासनसँग सहकार्य गरिएको छ । महाअष्टमीलाई दुर्गा पूजाको सर्वाधिक महत्वपूर्ण दिनमध्ये एक मानिन्छ ।

देवीलाई शक्तिको प्रतीकका रूपमा आराधना गर्दा जीवनबाट दुःख–दरिद्र हट्ने विश्वास राखिन्छ । जनकपुरधाम मात्र नभई देशभरका शक्तिपीठहरूमा आज विशेष पूजा, आरती र बलि कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।