२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रद्धा र भक्ति भावसहित मनाइँदै महाष्टमीः जनकपुरको राजदेवी मन्दिरमा भक्तजनको घुइँचो



अ+ अ-

काठमाडौँ । नेपालीहरुको महान पर्व बडा दशैँको महाअष्टमी पर्व नेपालभर श्रद्धा र भक्ति भावसहित मनाइँदैछ ।

धार्मिक परम्पराअनुसार महाष्टमीका दिन देवी दुर्गाको महागौरी स्वरूपको पूजा–आराधना गर्ने गरिन्छ । भक्तजनहरूले माता गौरीको आराधना गर्दै परिवार, समाज र राष्ट्रको शान्ति, समृद्धि र सुख–शान्तिको कामना गर्ने गर्दछन् । जनकपुरधामस्थित माता राजदेवी मन्दिरमा पनि मंगलवार बिहानैबाट भक्तजनहरूको घुइँचो लागेको छ । पूजाअर्चना गरी प्रसाद चढाउने तथा महिलाहरूले खोइछ भर्ने क्रम जारी छ ।

घरपरिवारसहित आएका श्रद्धालुहरू दर्शन, आरती र चढावा अर्पण गर्न लाइनमा उभिएका छन् । महाअष्टमीको विशेष दिनमा बलि चढाउने परम्परा पनि प्रचलित छ । राजदेवी मन्दिर परिसरमा आज राति ८ बजेपछि बलि प्रदान गरिने महावीर युवा कमिटीले जनाएको छ । कमिटीकाअनुसार बलिप्रदानका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ भने भक्तजनहरूको सुरक्षासहित व्यवस्थापनमा स्थानीय प्रशासनसँग सहकार्य गरिएको छ । महाअष्टमीलाई दुर्गा पूजाको सर्वाधिक महत्वपूर्ण दिनमध्ये एक मानिन्छ ।

देवीलाई शक्तिको प्रतीकका रूपमा आराधना गर्दा जीवनबाट दुःख–दरिद्र हट्ने विश्वास राखिन्छ । जनकपुरधाम मात्र नभई देशभरका शक्तिपीठहरूमा आज विशेष पूजा, आरती र बलि कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।