१३ असार २०८३, शनिबार
,
Latest
आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना रोकथाममा नेकपाको कार्यकर्ता परिचालन



अ+ अ-

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णालीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अघि बढाइएका सरकारी प्रयासलाई सघाउ पुग्ने गरी कार्यकर्ता परिचालन गर्ने भएको छ । प्रदेश पदाधिकारीको ‘भर्चुअल मिटिङ’ले पार्टी इञ्चार्जदेखि टोल कमिटीसम्मलाई कोरोना रोकथाम अभियानमा परिचालन गर्ने निर्णय गरेको हो । प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीका अनुसार बैठकले इञ्चार्ज जनार्दन शर्मा र सहइञ्चार्ज यामलाल कँडेललाई अन्तरप्रदेश संयोजन, अन्तर्राष्ट्रिय अनुभव सम्प्रेषण गर्ने, प्रदेश बाहिर रहेका कर्णालीका नागरिकलाई समस्यामा पर्न नदिन उचित व्यवस्थापन गर्ने, मातहतका कमिटीबाट आएको रिपोर्टको विश्लेषण गर्ने, मेडिकल सामग्री, खाद्यान्नलगायत अत्यावश्कीय वस्तुको आपूर्तिबारे केन्द्र र प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी तोकेको छ ।

त्यस्तै नेकपाले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थापनलाई सहज बनाउन कर्णाली प्रदेशलाई सुर्खेत, जुम्ला र चौरजहारी गरी तीन वटा केन्द्रमा विभाजन गरेको छ । कर्णाली प्रदेश सरकारले यी स्थानका अस्पतालमा सङ्क्रमितको उपचार गर्ने गरी आइसोलेसन वार्ड निर्माण गरिसकेको छ । चौरजहारीमा प्रदेश सहइञ्चार्ज कालीबहादुर मल्ल, सुर्खेतमा प्रदेश सचिव मायाप्रसाद शर्मा र जुम्लामा प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीलाई संयोजन गर्ने जिम्मेवारी दिएको छ । पार्टी केन्द्रीय सदस्यलाई आ–आफ्नो जिल्लामा परिचालित हुन निर्देशन दिएको छ ।

प्रदेश कमिटीले स्थानीय तहमा पाँच–सात घरको सहकार्य युनिट निर्माण गर्न सर्कुलर गरेको छ । उक्त युनिटले आपसमा मिलेर जनताका समस्या सहजीकरण गर्नेछ । अध्यक्ष बोगटीले भने, “पहाडको ठाउँमा मेलापात गर्नुपर्ने हुन्छ, यतिबेला अन्नबाली पाकिरहेको छ”, अन्नबाली भित्र्याउन त्यही युनिटलाई परिचालित भएर काम गर्ने व्यवस्था गर्दैछौँ, खाद्यान्नको समस्या भए प्रदेशमा रिर्पोटिङ गर्न सर्कुलर गरेका छौँ ।” सर्कुलरमा वडास्तरमा एउटा व्यवस्थापन समिति तथा शीघ्र उद्धार कार्यदल गठन गर्न भनिएको छ ।

स्थानीय तहमा कुनै समस्या आएमा जिल्लाले संयोजन गरेर विपद् व्यवस्थापन समितिमार्फत समाधान गरिनेछ । जिल्लाले पनि नसके प्रदेश कमिटीमा पठाउने र प्रदेश सरकारमार्फत समाधान खोजिनेछ । बैठकले खाद्य अवस्थाको अध्ययन गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । जसले खाद्यान्न आपूर्ति तथा राहत वितरण कार्य प्रभावकारी हुने अपेक्षा गरिएको छ ।