११ श्रावण २०८३, सोमबार
,
Latest
देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

घनश्यामको अनुमानः राजनीतिक दलहरु निर्वाचनमा जाँदैनन्, मुलुक बहुपक्षिय द्वन्द्वमा फस्दैछ



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेतृत्वमा रहनका लागि शिर्ष नेताहरुमा बहानाबाजी शुरु भइसकेको बताउनुभएको छ ।

जेन जी आन्दोलनको माग पुराना नेताहरुको नेतृत्व परिवर्तन रहेको भएपनि संकटको बेलामा नेतृत्वलाइ जोगाउनुपर्ने भनेर बहानाबाजी शुरु भइसकेको बताउनुभएको हो । उहाँले कार्यकताको भावना दोहन गरेर पुनः शक्तिमै बस्ने परिपाटी शुरु भइसकेको बताउनु भयो । मुलुकलाई आज यहाँ डुबाउने यिनीहरु नै हुन् भनेर समाजमा आक्रोश देखाएर असफल राष्ट्र बनाइन लागेको बताउनु भयो । अहिलेका नेताहरुबाट राजनीतिक दलहरु निर्वाचनमा नजाने स्पष्ट भइसकेको भन्दै निर्वाचन गराउन नसकेपछि मुलुक अर्कै दिशामा जाने अनुमान गर्नुभयो । चुनावअघि नै संविधान संशोधन गर्नुपर्छ भन्ने शक्तिहरुले पनि खेल्ने क्रम जारी रहने र समाजका पुराना, परम्परा र राष्ट्रवादी भनिने शक्तिहरुले खेल्नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब हामीसँग दुई वटा बाटो छ । एउटा दलका नेताहरु फेरि पनि रहनका लागि अनेक बहानाबाजी गर्नेछन् । बहानाबाजी शुरु पनि भइसकेको छ । यसको सबैभन्दा भावुकतापूर्ण आम रुपमा कार्यकताको भावना दोहन गरिरहेका छन् । संकटमा यिनीहरु छन् । संकट परेको बेलामा नेतृत्वलाई जोगाउनुपर्छ भन्ने भाष्य खडा गरिँदैछ । वास्तवमा यो सारा संकट तिनीहरुले नै ल्याएका हुन् र यो मुलुकलाई आज यहाँ डुबाउने यिनीहरु नै हुन् । तिनको पक्षमा जनमत बनाएर तिनीहरुले नै उकास्छन् भन्ने भाष्य बनाइँदैछ, यो घातक भाष्य बन्दैछ । यसले गर्दा यिनीहरु यहीँ रही रहन्छन् । यिनीहरु रही रहेर समाजमा यति धेरै बद्नाम नेताहरुलाई राखेर ति पार्टीले जनताको बीचमा जान सक्दैनन् । अहिले नै देखिरहनुभएको छ, चुनावअघि नै संविधान संशोधन गर्नुपर्छ, प्रत्यक्ष कार्यकारी राष्ट्रपतिदेखि लिएर तमाम पपुलिस्ट नाराहरु गर्दैछन् । यो स्वर पनि बढ्दै जाने देखिन्छ । राजनीतिक पार्टीहरु जनतामा जान सक्दैनन् । समाजका पुराना, परम्परा र राष्ट्रवादी भनिने शक्तिहरु अरु संविधान विरुद्धमा गतिविधि शुरु गर्नेछन् । तिनै नेताहरु देखाएर समाजमा ति नेताहरुको आक्रोश प्रयोग गरिरहनेछन् र यस्ता तत्वहरुले समाजमा काम गरिरहनेछन् । अर्थतन्त्र यसै पनि ठूलो धक्का लागेको छ ।’

महासचिव भुसालले मुलुक बहुपक्षिय द्वन्द्वमा फस्ने चेतावनी दिनुभयो ।