२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनमा पनि धमाधम पूर्वाधार निर्माण कार्य हुँदै



अ+ अ-

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दूरी लगायतका सुरक्षा मापदण्ड पूरा गर्दै सडक र पुलसँग सम्बन्धित डेढ सयभन्दा बढी आयोजनाको काम अगाडि बढाइएको सडक विभागले जनाएको छ । विभागका महानिर्देशक केशवकुमार शर्माले भने, “कोरोना महामारी नभएको भए अहिले मुलुकभरि तीन हजार आयोजनाको काम तीव्र गतिमा भइरहेको हुन्थ्यो ।” कोरोना सङ्क्रमण फैलिन नदिन सरकारबाट भएका निर्देशनहरूलाई पूर्ण पालना गर्दै अहिले मुलुकभरि सडक र पुलसँग सम्बन्धित डेढ सय आयोजनाको काम सुरु गरिएको छ ।

शर्माले भने, “काममा खटिने जनशक्तिको स्वास्थ्यको पूर्णरूपमा ख्याल गर्दै काम अगाडि बढाइएको छ ।” डेढ सय आयोजनामध्ये साठीवटा पुल र बाँकी सडक रहेको उनले बताए ।
उनले भने, “अहिले काम गरिने ठाउँमा निर्माण सामग्री र जनशक्ति उपलब्ध भएक आयोजनाहरूलाई नै प्राथमिकतामा राखी काम अगाडि बढाइएको छ, अहिले काम भइरहेका आयोजनाहरूमा करिब तीन हजार जनशक्ति विभिन्न आयोजनामा संलग्न छन् ।” बन्दाबन्दी सुरु हुनुअघि करिब ३० हजार जनशक्ति सडक र पुल निर्माणमा कार्यरत थिए ।

कुन कुन ठाउँमा काम जारी ?
सडक विभागका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरे पुल, टाँडी खोला पुल, धादिङ र नुवाकोट जोड्ने कोल्पु खोला पुल, गल्छी–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक खण्डका पुलहरूको काम भइरहेका छन् ।

त्यसैगरी नुवाकोटमा त्रिशूली नदी पुल, धादिङस्थित त्रिशूली नदीको पुल, जुम्लामा घट्टे खोला पुल, डोटीमा रडुवा खोला पुल, सेती खोला पुल, तामाकोसी नदी पुल निर्माणको काम भइरहेका छन् । त्यसैगरी पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लम्की–अत्तरिया खण्ड, त्रिभुवन राजमार्ग अन्तर्गत हेटौँडा–भैँसे–लामिडाँडा खण्ड, कोसी राजमार्ग अन्तर्गत देउराली–मुढे खण्ड, कोसी करिडोरको खाँदबारी खण्डसहित कान्ति लोकपथमा काम भइरहेको विभागले जनाएको छ । गोरखापत्र दैनिक