१३ असार २०८३, शनिबार
,
Latest
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला स्पेनसँगै पहिलोपटक विश्वकप खेलेको केप भर्डे नकाउटमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा भयानक बढ्दै कोरोना संक्रमण, १२ हजार संक्रमित, ४१४ को मृत्यु



अ+ अ-

काठमाडौं । भारतमा कोरोना भाइरसका विरामी पछिल्लो केही दिनयता निकै बढेका छन् । यस संक्रमणबाट बिहीबार बिहानसम्म मृत्यु हुनेको संख्या ४१४ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३७ जनाको मृत्यु भएको हो ।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार यसबाट संक्रमित हुने मानिसको सख्या पनि १२ हजार तीन सय ८० पुगेको छ । भारतीय अधिकारीबाट प्राप्त समाचारमा भारतको महाराष्ट्र अहिले सबैभन्दा प्रभावित देखिएको छ । महाराष्ट्रमा अहिलेसम्म एक सय ८७ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने दुई हजार नौ सय १६ जना संक्रमित भेटिइसकेका छन् ।

यो राज्यपछि मध्य प्रदेशमा सबैभन्दा बढी ५३ जना मानिसको मृत्यु भएको छ । त्यस्तै गुजरातमा ३३ र दिल्लीमा ३२ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।