काठमाडौं । भारतमा कोरोना भाइरसका विरामी पछिल्लो केही दिनयता निकै बढेका छन् । यस संक्रमणबाट बिहीबार बिहानसम्म मृत्यु हुनेको संख्या ४१४ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३७ जनाको मृत्यु भएको हो ।
भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार यसबाट संक्रमित हुने मानिसको सख्या पनि १२ हजार तीन सय ८० पुगेको छ । भारतीय अधिकारीबाट प्राप्त समाचारमा भारतको महाराष्ट्र अहिले सबैभन्दा प्रभावित देखिएको छ । महाराष्ट्रमा अहिलेसम्म एक सय ८७ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने दुई हजार नौ सय १६ जना संक्रमित भेटिइसकेका छन् ।
यो राज्यपछि मध्य प्रदेशमा सबैभन्दा बढी ५३ जना मानिसको मृत्यु भएको छ । त्यस्तै गुजरातमा ३३ र दिल्लीमा ३२ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।