२३ श्रावण २०८३, शनिबार
,
Latest
ह्वाइट हाउसमा बालरुम बनाउने ट्रम्पको ४० करोड डलरको परियोजनामाथि अमेरिकी अदालतको रोक दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण, आठ जना घाइते सर्वोच्चको आदेशले वैशाख ४ को फैसला उल्ट्याएको छैन, हामी तथ्यसहित उपस्थित हुन्छौँः उपसभापति शर्मा यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छ: प्रधानमन्त्री शाह देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित सिँढीबाट लडेर युवकको मृत्यु माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाग्यो दशैँ, मच्चिए पिङ (तस्बिरहरु)



अ+ अ-

काठमाडौँ । नेपालीहरुको महान पर्व विजया दशमीको रौनक शुरु भइसकेको छ । असोज ६ गतेदेखि नै विधिवत रुपमा शुरु भइसकेको दशैँ असोज १६ गते टीकाको शुभ साईत छ । असोज ६ गते घटस्थापना गरी दशैँ घरमा जमरा राखिएको थियो ।

दशैँ शुरु भएसँगै पसलमा कपडा किन्नेहरु, पिङ खेल्न पिङ हालेको ठाउँमा पुग्नेहरुको संख्या उल्लेख्य देख्न सकिन्छ । नेपालीहरुले दशैँलाई भव्य रुपमा मनाउने गर्दछन् । काठमाडौंका विभिन्न चोक चोकमा लिङ्गे पिङ हालेको देख्न सकिन्छ ।

साना बालबालिकादेखि किशोर किशोरीहरुसम्म पिङ खेल्न चोक चोकमा हँसिलो अनुहारका साथ देख्न सकिन्छ ।  काठमाडौं उपत्यकाका विभिन्न स्थानका लिङ्गे पिङ र पिङमा मच्चिएकाहरुको तस्बिर आजको फोटो फिचरमा ।

न्युज एजेन्सी नेपाल/ अनुप प्रधान