काठमाडौं । सर्वोच्च अदालतले विदेशमा जोखिममा रहेका नेपालीको उद्धार गर्न सरकारलाई आदेश दिएको छ ।
न्यायाधीश सपना मल्ल प्रधानको इजलासले वैदेशिक रोजगारीमा रहेका अत्यन्त जोखिम अवस्थाका नेपाली नागरिकलाई नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने वा उद्दारका लागि पहल गर्न अन्तरिम आदेश दिएको हो ।