२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सत्तामा पुगेपछि हिजोका सहयात्री नसम्झिनेहरूलाई गरिब निमुखाको के चासो ?’- गायक जेबी टुहुरे



अ+ अ-

जेबी टुहुुरे ७६ वर्षका भइसके, लामो समयदेखि निमोनियाले ग्रसित छन् । चिनी रोग पनि छ, दिनमा तीनपटक पेटमा इन्सुलिनको सुई घोच्नुपर्छ । अस्पतालदेखि घरसम्म, घरदेखि अस्पतालसम्म टुहुरेको दैनिकीजस्तो छ । बिसन्चो शरीर लिएर उनी आफ्नो विगतको यात्रामा बगिरहन्छन् । यी जनवादी गायकलाई रोगले भन्दा विगतको यादले बढी सताउँछ । ०२६ साल । टुहुरे २६ वर्षकै थिए । वामपन्थी विचारबाट प्रभावित थिए । उनका साथी लव प्रधानले गीत लेखे,

‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ
लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ ’

टुहुरेले लय झिके, आवाज दिए । यो टुुहुरेको निजी आवाज रहेन । पञ्चायती कालरात्रिविरुद्ध आन्दोलनको आवाज बन्यो, राज्यबाट शोषित र उपेक्षित किसान र मजदुरको आवाज बन्यो । असमानताले थिचिएका विपन्नको आवाज बन्यो र समग्रका परिवर्तनको आवाज बन्यो । व्यवस्था परिवर्तन गरौँ, विपन्नताको अवस्था परिवर्तन हुन्छ भन्दै टुहुरेहरू गीत गाउँदै, जनता जगाउँदै हिँडे । उनीहरूसँगै हुन्थे, तत्कालीन मालेका नेताहरू । टुहुरे सम्झन्छन्, ‘अहिलेका शक्तिमा र शीर्षस्थानमा जति पनि नेता छन्, उनीहरूको भाषण सुनिदिने जनता बटुलिदिने काम हाम्रो थियो ।’ नेताहरूमा पनि खासगरी तत्कालीन नेकपा मालेका महासचिव मदन भण्डारीसँग टुहुरे धेरै नजिक थिए । ०४६ को परिवर्तनपछि पनि टुहुरे मदनको निवासमा गइरहन्थे ।

आन्दोलनलाई जनताको माया थियो, तर आर्थिक रूपमा पार्टी कमजोर थियो । त्यसैले टुहुरेजस्ता गायकले पनि संघर्ष गरेर जीवनयापन गरे । त्यो बीचमा कपडादेखि सागसब्जीको व्यापार गरे । किताब पसलदेखि हुँदै होटेल पनि चलाए । सुगामैनाको व्यापार गरे । र, साथमा जनवादी गीत गाउँदै हिँडे । यसबीचमा प्रहरीको कुटाइ खाए, थुनिए । ‘लाखौँ जनताको जीवन परिवर्तनका लागि हामी जे पनि गर्न तयार थियौँ,’ उनी अहिले पनि भन्छन् । दलका नेताहरूको आह्वानमा जनता एकाकार भए, देशमा परिवर्तन पनि भयो । आन्दोलनकारी नेताहरू सत्तासीन भए । तर, टुहुरेहरू टुहुरे नै रहे । ‘हाम्रै साथीहरू सत्तामा छन् नि, तर सत्तामा पुगेपछि जोकोही पनि बदलिँदो रहेछ । जनता त सधैँ अन्यायमै हो,’ टुहुरे भन्छन् ।

पसिना बगाउन आएका मजदुरलाई अप्ठ्यारोमा राजधानीले आश्रय दिन सकेन । दुईछाक खाना र एकओत छाना दिन सकेन । त्यसैले मान्छेहरू कुम्लो–कुटुरो बोकेर रातारात सहर छाडिरहेका छन् । राजमार्गमा कोसौँको यात्रा पैदल हिँडिरहेका छन् । टुहुरे भन्छन्, ‘स–साना बच्चा बोकेर सुत्केरी महिला, वृद्धवृद्धाहरू मध्यरातको चिसो र अँध्यारोमा सहर छाडिरहेको समाचार पढ्दा मलाई फेरि ठूलो स्वरमा गाउन मन लाग्छ– लाखौँका लागि उजाड छ यो देश मुठीभरलाई त स्वर्ग छ ।’गाएको ५० वर्षपछि, दलहरू सत्तामा पुग्न थालेको ३० वर्षपछि पनि यो गीत यति सान्दर्भिक होला भनेर टुहुरेले सोचेकै थिएनन् । आ

फ्नो गीत फेरि पनि सान्दर्भिक बनेकोमा उनलाई खुसी होइन, पीडा छ । उनी भन्छन्, ‘पसिना बगाउने विपन्नलाई थातथलो छोडेर हिँड्न बाध्य बनाइएको कथा भन्न यो गीत लेखिएको थियो । गरिबलाई गोलबन्द गर्नेहरू अहिले सत्तामा छन् । तर, जनता फेरि पनि भोकै मर्ने अवस्था आएको छ, ज्यान बचाउन फेरि बसाइँ हिँडेका छन् ।’ अहिले शक्तिमा भएका नेताहरू हिजो टुहुरेहरूको मादल र बाँसुरी बोकेर हिँडेका थिए, सँगै खाएका थिए, सुतेका थिए । तर, यहीवेला टुहुरेहरूसँग कतिपय अवस्थामा औषधि किनेर खाने पैसा हुँदैन । ‘आन्दोलनलाई बलियो बनाउन हाम्रो पनि रगत र पसिना बगेको छ । तर, ती रगत र पसिना बगरमाथि खसेको पानीको थोपाजस्तै भयो,’ उनी भन्छन् ।

कतिसम्म भने जिम्मेवारी लिइरहेका नेता साथीलाई भेट्न खोज्दा पनि टुहुरेहरूले समय पाउँदैनन् । ‘मेरो मात्र के कुरा, समग्रमा सत्ता र जनताको दूरी नै लामो बनेको छ, । हिजोको सहयात्री नै कसरी बाँचिरहेका छन् भन्ने चासो छैन भने निमुखा जनता रातबिरात कुम्लो बोकेर सहर छाड्दा उनीहरूलाई के चासो हुन्थ्यो १’ उनी भन्छन्, ‘अहिले आएर सत्ताको वरिपरि यस्तो वर्ग निर्माण भइदियो कि उनीहरूसम्म हाम्रो पहुँच नै हुँदैन ।’ नयाँ पत्रिका दैनिक