२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नं. १ : पोजेटिभ भनिएकाको पिसीआर परीक्षण नेगेटिभ



अ+ अ-

विराटनगर । प्रदेश नं १ मा एक जना कोरोना पोजेटिभ देखिएको भनिएकोको रिपोर्ट नेगेटिभ आएको छ । झापाको हल्दीबारीमा आरडिटीमा पोजेटिभ देखिएका एक पुरुषको रिर्पोट कोशी अस्पताल विराटनगरमा पिसीआरबाट परीक्षण गर्दा बिहीबार नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना डेस्कले जनाएको छ । बिहीबारसम्म द्रुत परीक्षण विधि (आरडिटी) बाट जम्मा ८२६ जनाको कोरोना परीक्षण भएको छ भने सबैको रिपोर्ट नेगेटिभ रहेको छ । ल्याबमा गरिने परीक्षण (पिसीआर) विधिबाट बुधबारसम्म जम्मा ३४१ जनाको नमूना परीक्षण भएको छ । जसमध्ये ६५ महिला र २७६ पुरुष छन् ।

परीक्षण नतिजा ४९ महिला र २४३ पुरुषको रिर्पोट नेगेटिभ आएकोे छ । पिसीआर विधिबाट नमूना परीक्षण गरिएकामध्ये ५८ जनाको रिर्पोट आउन बाँकी छ । हालसम्म दुवै विधिबाट आएको परीक्षणको नतिजा नेगेटिभ छ अर्थात् कसैमा कोरोना रोगको सङ्क्रमण देखिएको छैन । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पिसीआर विधिबाट नमूना परीक्षण हुँदै आएको छ । प्रदेश सरकारले जिल्लाका क्वारेन्टाइनमा राखिएकाहरुको नमूना परीक्षणलाई तीव्रता दिएको जनाएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बस्नेको सङ्ख्या बिहीबारसम्म कूल ५६८ छ, जसमा चार महिला र ४६ पुरुष डिस्चार्ज भएका छन् । क्वरोन्टाइनमा ६८ महिला र ५०० पुरुष बसिरहेका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेका एक महिला र एक पुरुष डिस्चार्ज भएका छन् । अब आइसोलेसनमा जम्मा आठ जना बसिरहेका छन् ।

होम क्वारेन्टाइनमा ६३५ महिला र तीन हजार १८१ पुरुष गरी जम्मा तीन हजार ८१६ जना छन् भने क्वारेन्टाइनमा बस्नेको सङ्ख्या हरेक दिन बढ्दो क्रममा रहेकोे पाइएको छ ।