१३ असार २०८३, शनिबार
,
Latest
आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य सामग्री खरिदका लागि तीन कम्पनीसँग सम्झौता



अ+ अ-

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथाम र उपचारका लागि आवश्यक सामग्री खरिद ओम्नी ग्रुपसँगको सम्झौता भंग गर्दै तीनवटा निजी कम्पनीसँग सम्झौता गरेको छ । बिहीबार स्वास्थ्य सेवा विभागले तीनवटा कम्पनीसँग खरिद सम्झौता गरेको हो ।

कोभिड १९ को उपचारमा खटिने स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री दुई साता भित्र ल्याउने गरी खरिद सम्झौता भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

‘सम्झौताको रकम २९ – ३० करोड रुपैयाँको छ । सम्झौता गर्ने कम्पनीहरुमा ओम सर्जिकल, हाम्रो मेडि कन्सर्न र लुम्बिनी हेल्थ केयर रहेका छन्’ श्रेष्ठले भने ।

सम्झौतामा पहिलो साता आंशिक र दोस्रो सातामा सम्झौता अनुसारको सबै सामग्री ल्याउने उल्लेख छ । महानिर्देशक श्रेष्ठका अनुसार खरिद प्रकियामा चासो देखाएर पाँचवटा कम्पनी आएका थिए । निजी कम्पनीले पहिलो खेपमा पीपीईलगायतका सुरक्षा सामग्री ल्याउनेछन् ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलका अनुसार प्रयोगशालासम्बन्धी सामान खरिदका लागि शुक्रबार या शनिबार छुट्टै सम्झौता हुनेछ ।