काठमाडौं । बहराइनमा थप २७ नेपालीमा कोरोना संक्रमित भएका छन् । त्यहाँ रहेको नेपाली दूतावासका अनुसार अहिलेसम्म कोरोना संक्रमित नेपालीको संख्या ४९ पुुगेको छ ।
बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये ७ जनाको मृत्यु छ । तीन जनाको अवस्था गम्भीर छ भने सात सय तीन जना निको भएका छन् ।