२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा एकैदिन भेटिए १४ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३० पुग्यो



अ+ अ-


काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । यो सँगै यहाँ संक्रमितको संख्या ३० पुगेको छ। शुक्रबार एकै दिन उदयपुर र चितवनबाट १४ जना संक्रमित थपिएका छन्। उदयपुरको त्रियुगा नगरपालिका,३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये १२ जनामा कोरोनाको संक्रमण भेटिएको छ । उनीहरु भारतीयमा नागरिक भएको पाइएको छ । उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ।

त्यसैगरी चितवन पनि दुई जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उदयपुर र चितवनका गरी १४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। विराटनगरमा रहेको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको थियो। उनीहरुको रिपोर्टको अन्तिम निस्कर्ष निकाल्न त्यही नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो। यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवन राप्ती नगरपालिकाकामा पनि थपिएका छन्। उदयपुरमा भेटिएकामध्ये १२ जना पुरुष हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमित क्रमश ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय पुरुष छन्। चितवनको राप्तीमा भेटिएका दुवैजना पुरुष २७ र ६३ वर्षीय छन्। नेपालमा लकडाउन हुनुअघि नै आएर बसेका भनिएका उनीहरुको कोशी अञ्‍चल अस्पतालको ल्याबमा कोरोना परीक्षण गर्दा आठजनामा ुपोजेटिभ’ देखिएको हो। र्‍यापिड टेस्ट गरिएका १६ जनाकै शंका लागेर बिहीबार परीक्षण गर्दा १२ मा कोरोना पोजेटिभ देखाएको हो। बिराटनगरमा गरिएको परीक्षणपछि उनीहरुको स्वाब काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाउँदा पनि पोजेटिभ नै आएको हो। उनीहरुको स्वाब बिहीबार राति नै सामाजिक विकास मन्त्रालयले गाडीमार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो। टेकुमा पुनः परीक्षणपछि स्वास्थ्य मन्त्रालयले उक्त कुराको पुष्टि गरेको हो।