१३ असार २०८३, शनिबार
,
Latest
न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमित छुट्याउनै गाह्रो



अ+ अ-

विराटनगर । उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमितको पहिचान गर्न समस्या भएको छ । संक्रमित पहिचान गर्न नसक्दा स्थानीय प्रशासनले १२ भारतीय र चार नेपाली गरी १६ जनालाई विराटनगर पठाएको छ ।

‘नाम नामेसी प्राप्त नहुँदा पहिचान गर्न गाह्रो भयो’ उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले भने, ‘त्यसैले १६ जनालाई एम्बुलेन्समा हालेर पठाउँदैछौं ।’

उनीहरु सबै त्रियुगा नगरपालिका–३ स्थित भुल्लेको एक मस्जिदमा भेटिएका थिए । उनीहरुको र्यापिड टेष्टमा नेगेटिभ आएपनि विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परीक्षणमा ८ जनामा ‘प्रिजम्टिभ पोजेटिभ’ देखिएपछि पुनः परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

उनीहरु मध्ये १२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सबै एउटै मस्जिदमा बसेका कारण को पोजेटिभ को नेगेटिभ छुट्याउन गाह्रो भएको प्रजिअ पहाडीले बताए । त्यसैले १६ जनालाई अस्पताल पठाउन स्थानीय प्रशासनले चार वटा एम्बुलेन्सको व्यवस्था गरेको छ ।

साथै उनीहरुको ट्राभल हिस्ट्रीको खोजी भइरहेको छ । ‘१० दिन उदयपुरकै अर्को मस्जिदमा र ३० दिनयता अहिले भेटिएको मस्जिदमा बसेको बताएका छन्’ उनले भने ‘हामी ट्राभल हिस्ट्री खोज्दैछौं ।’