१३ असार २०८३, शनिबार
,
Latest
नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम : यस्तो रहेको छ पूर्वानुमान



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ। महाशाखाले देशको पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली साथै पूर्वी र मध्य भू–भागमा आंशिक बदली रहेको जनाएको छ ।

शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने र देशका मध्य, पूर्वका केही स्थानहरुमा साथै पश्विमका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी, राति देशको पूर्वी भू–भागमा सामान्य बदली र मध्य तथा पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली रहने पूर्वानुमान छ ।

त्यस्तै, देशको पूर्वी भू–भागका र मध्य तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।