४ असार २०८३, बिहीबार
,
Latest
अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री प्रतिनिधिसभाः सुकुमवासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री प्रतिनिधिसभाः सम्पत्ति छानबिन आयोगबाट अख्तियारको काममा हस्तक्षेप हुँदैनः अर्थमन्त्री प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा बजेटमा कर्णाली, मधेस र सुदूरपश्चिमलाई प्राथमिकता दिइएको छः अर्थमन्त्री डा वाग्ले श्रम मन्त्रालयद्वारा ‘फ्रन्टलाइन’ अस्पतालको अनुगमन प्रहरी पोसाक खरिदमा परिवर्तन, अब टेन्डर हटाएर नगद दिने तयारी राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पढेलेखेका साइकल मिस्त्री ‘बृहस्पति’



अ+ अ-

सुदूरपश्चिम। बृहस्पति बुढाक्षेत्री दैनिक साइकल मर्मत सकेर साँझ धनगढीस्थित कैलाली बहुमुखी क्याम्पस पुग्नुहुन्छ । उहाँ सो क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत हुनुहुन्छ ।

धनगढी उपमहानगर–१ मा टहरो बनाई साइकल मर्मत पसल चलाउनु भएका उहाँले धनगढीमा घरजग्गा र घर जोडिसक्नु भएको छ । उहाँले भन्नुभयो, “पढे लेखेकाहरुले साइकल मर्मत गर्ने कामलाई तल्लो दर्जाको ठान्छन्, आफू भने शान र मानकासाथ यही व्यवसायमा रमाइरहेको छु ।”

धेरै वर्ष भारतमा बिताउनुभएका ५६ वर्षीय उहाँले ३८ वर्षको उमेरमा विवाह गर्नुभयो। दुई छोरालाई बोर्डिङ स्कूलमा पढाइरहनु भएका बुढाक्षेत्री आफ्नै ठाउँमा बसेर सहजै जीवनयापन गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ । अछाम जिल्ला पुर्ख्यौली घर भएका उहाँले भन्नुभयो, “कामको खोजीमा विदेशिने युवाहरुलाई आफ्नै भूमिमा उद्यम गर्न सल्लाह दिन्छु ।”

सुरुका दिनमा छोरा पढिरहेको धनगढीको एक विद्यालयमा मासिक शुल्क बुझाउन जाँदा हेयको दृष्टिले गरिएको व्यवहारले अपहेलित महसुस गर्नुभएका उहाँले अर्को दिन भने आफूले विद्यालयका कर्मचारीसँग अग्रेजी भाषामा जवाफ फर्काउँदा शिक्षकले राम्रो व्यवहार गरेको अनुभव सुनाउनुभयो ।

“आफूसँग योग्यता भएमा कति कदर हुँदो रहेछ भन्ने यो घटनाले सिकायो”, उहाँले भन्नुभयो, “त्यसपछि भने छोराछोरीको स्कूल जाँदा राम्रो व्यवहार हुने गरेको छ ।” उहाँको साइकल मर्मत गर्ने टहरोमा दिउँसो अधिकांश बुद्धिजीवी र समाजसेवीहरु आपसमा देशको सामाजिक, आर्थिक, राजनीतिकलगायतका विषयमा गफिन आउँछन् ।

“अहिलेको युवापिँढीका निम्ति श्रमको सम्मान गर्नुपर्छ भनेर बुढाक्षेत्री उदाहरण बन्नुभएको छ”, उहाँको टहरोमा गफिँदै गर्नुभएका सुदूरपश्चिम विश्व विद्यालयका पूर्व डिन पदमकान्त जोशीले भन्नुभयो, “स्नातकोत्तर अध्ययन गरिरहनु भएपनि उहाँको मेहनत र परिश्रमलाई अन्य शिक्षित बेरोजगारका लागि उदाहरणीय काम हो । रासस