२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी दुव्र्यवहारको विरोधमा औषधि पसल बन्द



अ+ अ-

पर्सा । नेपाल औषधि व्यवसायी सङ्घ पर्साले जिल्लामा सञ्चालित सम्पूर्ण औषधि पसल शनिबार अपराह्नदेखि अनिश्चितकालका लागि बन्द गराएको छ । सङ्घ पर्साका अध्यक्ष ताजुद्दीन अन्सारीमाथि प्रहरीले गरेको दुव्र्यवहारको विरोधमा सङ्घले जिल्लाभरिका औषधि पसल बन्द गराएको हो ।तरकारी खरिद गर्न निस्केका अन्सारीलाई प्रहरीले दुव्र्यवहार गरी मोटरसाइकल नियन्त्रणमा लिएको विरोधमा सङ्घले पसल बन्द गराएको नेपाल औषधि व्यवसायी सङ्घ प्रदेश नं २ का महासचिव पप्पु झाले जानकारी दिए ।

उनले लकडाउनका क्रममा औषधि व्यवसायीमाथि प्रहरीले गर्दै आएको दुव्र्यवहारलाई रोक्न स्थानीय प्रशासनलाई पटकपटक जानकारी दिँदा पनि घटना रोकिनुको सट्टा पर्साका अध्यक्षमाथि नै दुव्र्यवहार भएपछि बाध्य भएर पसल बन्द गराउनु परेको बताए । जिल्लामा सञ्चालित औषधि पसल बन्द भएपछि उपभोक्ता भने मारमा परेका छन् । अतिआवश्यक औषधि खरिद गर्न नपाउँदा आफन्तको ज्यान नै जोखिममा पर्ने हो कि भन्नेमा उपभोक्ता चिन्तित छन् ।

यसै विषयमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतसँग बुझ्दा उनले तोकिएको समयमा खाद्य सामग्री खरिद गर्न जाँदा सवारी साधन प्रयोग गर्न स्थानीय प्रशासनले लगाएको प्रतिबन्ध उल्लङ्घन गरेकाले अन्सारीको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको बताए । उनले बन्द गराइएका पसल तत्काल खोल्न सङ्घका पदाधिकारीसँग छलफल भइरहेको जानकारी दिए ।