२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडक अनुगमन, दशैँअघि नै खाल्डा पुर्न निर्देशन



अ+ अ-

काठमाडौँ । ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले सुर्यविनायक–धुुलिखेल सडक खण्डको अनुगमन गर्नुभएको छ ।

सोमवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयका सचिवसहितको अधिकारीसहित उहाँले सो सडक खण्डको अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा उहाँले दशैँ–तिहारजस्ता चाडपर्वमा यातायात सहज हुनेगरी सो सडक खण्डको खाल्डाखुल्डी तत्काल मर्मत गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

मन्त्री घिसिङको सो सडक खण्डको विस्तार कार्यका लागि बजेटको अभाव हुन नदिने पनि बताउनु भयो । उहाँले सो सडक खण्डको विस्तारको लागि आगामी आर्थिक वर्षभित्र सकिने गरी काम गर्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराउनु भयो ।

मन्त्री घिसिङले भन्नुभयो, ‘यो आर्थिक वर्ष असारसम्म हामी पिचको काम सम्पन्न गर्ने चरणमा छ । र जतिपनि खाल्डाखुल्टी छ । दशैँभरी सक्ने गरी काम गरिरहनुभएको छ । दशैँ तिहारको लागि जहाँ खाल्डाखुल्टी छ । त्यसलाई स्मुथ बनाउने र काम पनि असारसम्म सकिने छ । यहाँ काम भइराखेको छ । पहिला केही बजेटको पनि समस्या थियो । अब मेन काम पिच गर्ने काम शुरु भएको छ । स्ट्रक्चरको काम अलमोष्ट सकिएको छ । अब काम पिच गरेपछि देखिन्छ । बजेटको अभाव भए रकमान्तर गरेर भएपनि यो रोडलाई प्राथमिकता दिनेछौं । अब कन्टयाक्टरहरुले पनि काम तत्काल गर्नुप¥यो । काम नगर्ने ठेकदारको कन्ट्रयाक तोड्नुप¥यो । वर्षौंसम्म कामहरुलाई राख्ने काम हुँदैन । काम नगर्ने कन्ट्रयाक्टरको ठेक्का तोडिन्छ । र कन्सल्टेन्टको तर्फबाट पनि डिसिजन प्रोसेसलाई फाष्ट गर्नु प¥यो । यसले पनि धेरै काम रोकिएको हुन्छ । हाईवेका प्रोजेक्टहरुलाई बजेटको अभाव हुन दिइदैन । यसलाई प्राथमिकतामा राखेर काम सम्पन्न गर्नुपर्छ ।’

त्यस अवसरमा स्थानीयले सो सडक खण्डको विस्तारको काम सम्पन्न गराउनका लागि मन्त्री घिसिङको ध्यानाकर्षण गराएका थिए ।