२३ आश्विन २०८१, बुधबार
,
Latest
आज आश्विन शुक्ल सप्तमी : दशैं घरसहित घरघरमा फूलपाती भित्र्याइँदै दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना रोकथाम कोषमा रकम जम्मा गर्नेक्रम जारी



अ+ अ-

बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले कोरोना रोकथाम तथा व्यवस्थापनका लागि स्थापना गरेको कोषमा सहयोग गर्ने दाता बढिरहेका छन् । गाउँपालिकाले रु १० लाख र गण्डकी प्रदेशको रु पाँच लाख गरी रु १५ लाखबाट शुरुआत गरिएको सो कोषमा हालसम्म रु ३८ लाख २० हजार २५० जम्मा भएको काठेखोला गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले स्थापना गरेको कोषमा विभिन्न सङ्घसंस्था, प्रवासी नेपाली, सहकारी, विभिन्न व्यक्ति, गाउँपालिकाका कर्मचारी र शिक्षकले सहयोग गर्दै आएको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्माले जानकारी दिनुभयो । कोषबाट गाउँपालिकाले स्वास्थ्यकर्मीका लागि आवश्यक अत्यावश्यक उपकरण, औषधि, स्वास्थ्य सुरक्षा सामग्री व्यवस्थापन र राहत वितरण गरिने विकको भनाइ छ । कोषमा सबैभन्दा बढी व्यक्तिगतरूपमा प्रभु बैंकका कार्यकारी निर्देशक अशोक शेरचनले रु एक लाख सहयोग गर्नुभएको छ । यस्तै गाउँपालिकाका शिक्षकहरुले तलबको १० प्रतिशत हुन आउने रु १० लाख ७३ हजार ३३९ रकम कोषमा जम्मा भइसकेको छ ।

“गाउँपालिकाले स्थापना गरेको कोषमा धेरै सङ्घसंस्थाले उत्साहजकरूपमा सहयोग गरिरहनुभएको छ”, उहाँले भन्नुभयो, “कोषबाट हामीले एउटा मापदण्ड बनाएर राहत वितरण, स्वास्थ्य उपकरण व्यवस्थापनमा लगाउने निर्णय गरेका छौँ ।” बागलुङ जिल्लाका दशवटै स्थानीय तहले रु दुई करोड १७ लाखको कोरोना रोकथाम तथा व्यवस्थापन कोष स्थापना गरी सहयोगको आह्वान गरेको छ । जसमध्ये काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकामा विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले उत्साहजनकरूपमा सहयोग गरिराख्नुभएको छ ।