१० श्रावण २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रम्हायणी मेलासँगै भक्तपुरको शक्तिपिठमा भक्तजनको घुइँचो



अ+ अ-

भादगाउँ । नवरात्राका अवसरमा आज भक्तपुरको ब्रम्हायणी शक्तिपिठमा बिहानैदेखी भक्तजनको घुइँचो लागेको छ ।

आजको दिन घर घरको पूजाकोठामा दुर्गा भवनीलाई आह्वान गरी जमरा राख्न ब्रम्हामायणी घाटमा स्नान गरी ब्रम्हायणी देवीको पूजाआरधना गरी जमरा राख्न पागो माटो र खोलाको जल लिन भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।

आजैदेखि शक्तिपिठ बाहेक यहाँको दरबार स्क्वायरको तलेजु र क्वाठण्डौँस्थित एकान्त कुमारी देवगृहमा पनि मेला लागेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि भक्तपुरमा नवरात पनि सुरु भएको छ ।

नवरातको समयमा नौ दिनसम्म क्रमश:भक्तपुरको ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी मन्दिरमा दर्शनका लागि दर्शनार्थीको घुइँचो लाग्ने गर्छ ।