काठमाडौं । भाटभटेनी सुपरमार्केटमा सामाजिक दुरी कायम गर्दै कारोबार खुला गरिएको छ ।
शुक्रबारबाट खुला गरिएको भाटभटेनीमा स्वास्थ्य सावधानी अपनाउँदै कारोबार खुला गरिएको हो । यसअघि होम डेलीभरी मार्फत सेवा दिँदै आएको भाटभटेनीले शुक्रबारबाट स्टोर खुला गरेको हो ।
भाटभटेनीमा सामान किन्ने ग्राहकहरुका लागि पूर्ण सुरक्षा सावधानी अपनाइएको छ । सामाजिक दुरी कायम गर्ने, एक पटकमा स्टोरभित्र १० जनालाई मात्र प्रवेश दिने, ज्वरु नाप्ने र स्यानिटाइजर प्रयोग गरेपछि मात्रै भित्र प्रवेश दिने गरि सावधानी अपनाइएको छ । राजधानीका कलंकी, महाराजगन्ज, नक्साल, पुरानो भाटभटेनी, भक्तपुर र पुल्चोकको स्टोर खुल्ला रहेका छन् ।