धनगढी । भारतको धार्चुलास्थित बलुवाकोटको शिविरमा क्वारन्टाइनमै कोरामा बसेका दार्चुलाका वासुदेव भट्टका लागि ६ दिनपछि जन्मभूमीको ढोका खुलेको छ। घरमा आमाको निधन भए पनि लकडाउनका बेला सीमा बन्द हुँदा उनी भारतीय भूमिमै रोकिएका थिए।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले आमा बितेको ६ दिनपछि आज भट्टलाई नेपाल प्रवेश गर्न दिईएको बताए।
उनका अनुसार भारतीय पक्षले सीमा सम्म पुगाएपछि उनलाई दार्चुला ल्याएर घर सम्म पुगाउने तयारी भईरहेको बताए। स्थानीय प्रशासन र भारतीय सुरक्षाअधिकारीको समन्वयमा दत्तुस्थित झोलुंगे पुलमा लगाएको ताला खोली उनलाई नेपाल प्रवेश गर्न दिईएको हो ।