१३ असार २०८३, शनिबार
,
Latest
हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट ४ जना निको भए, ८ हजार ८१ को परीक्षण



अ+ अ-

काठमाडौं । विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये चार जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा आइतबारसम्म विभिन्न अस्पतालमा उपचाररत ४ जना निको भएर घर फर्किएको बताएको छ । बागलुङको धौलागिरी अस्पतालबाट ६५ वर्षिया मनकुमारी पौडेल र टेकु अस्पतालबाट १९ वर्षिया प्रसिद्धि श्रेष्ठ शनिबार निको भएर फर्किएका छन् । आइतबार कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत २१ युवालाई डिस्चार्ज गर्ने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले बताउनुभयो । दोस्रो र तेस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी भएको उहाँले बताउनुभयो । गते चैत ११ गते भारतबाट फर्किएका ती युवकमा क्वारेन्टाइनमा बसेको १३ दिनपछि कोरोना पोजेटिभ देखिएको थियो । चीनबाट आएका कोरोना संक्रमित यसअघि नै डिस्चार्ज भइसकेका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ । अहिले २७ जना उपचाररत रहेका छन् । शनिबार उदयपुरमा एकजनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ३१ पुगेको हो । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार आइतबारसम्म पिसिआर विधिबाट ८ हजार ८१ जनाको परीक्षण गरिएको छ । आरडिटी विधिबाट २१ हजार ४ सय ८६ जनाको परीक्षण गरीएको उहाँले बताउनुभयो पछिल्लो २४ घण्टामा २१ सय ६८ वटा परीक्षण भएका छन् । प्रदेशहरुमा परीक्षण्का लागि थप किटहरु पठाइएको छ ।

भेरी अस्पतालमा पनि आइतबारबाट पिसिआर विधिबाट परीक्षण सुरु भएको छ । यो सँगै देशभरी १५ वटा अस्पतालबाट पिसिआर विधिबाट परीक्षण सुरु भएको प्रवक्ता देवकोटाले बताउनुभयो । भेरी अस्पतालमा अहिले ८ वटा नमुना परीक्षणको क्रममा रहेका छन् ।

सरकारले विभिन्न प्रदेशहरुबाट आएका रिपोर्टहरुलाई भेरिफाइ गर्न क्रस परीक्षण गरिरहेको जनाएको छ । पश्चिममा भेरी अस्पताल र पूर्वमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्य अस्पतालबाट आएका रिपोर्टहरु पुनः परीक्षण गरिने र त्यहाँ पोजेटिभ देखिएमा मात्रै पुष्टि हुने प्रवक्ता देवकोटाले बताउनुभयो ।

क्वारेन्टाइनमा ५ हजार १ सय ८० जना रहेका छन् । उपत्यकामा ५ र बाहिर ९८ गरी १ सय ३ जना आइसोलेसनमा रहेका छन् ।