३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

गगन लक्षित प्रकाशशरणको टिप्पणीः आलो घाउमा नुनचुक छर्ने प्रवृत्ति गलत भयो

गगन लक्षित प्रकाशशरणको टिप्पणीः आलो घाउमा नुनचुक छर्ने प्रवृत्ति गलत भयो
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाले नेतृत्व छोड्नुपर्ने बहस चलाइएको भन्दै आपत्ति जनाउनुभएको छ ।

परिस्थिति परिवर्तन भएसँगै उपचार समेत पूरा हुन्जेलसम्म कुर्न नसक्ने गरी बहस गर्नु उचित नभएको बताउनुभएको हो । आईतवार निजी निवास महाराजगञ्जमा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले पार्टीका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै लोकतन्त्रको लागि लामो लडाईं लड्नुभएका पार्टी सभापति देउवाको उपचार समेत पूरा नहुँदै तत्कालै नेतृत्व छोड्नुपर्छ भन्नेकुरा उचित नरहेको टिप्पणी गर्नुभयो । आक्रान्त अवस्थामा संवेदनशील हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको उहाँको ठम्याइ छ । आलो घाउ ठिक नहुँदै चलाइएको बहसप्रति गम्भीर बन्नुपर्ने बताउनु भयो । अहिले आफ्नो कमजोरी हटाउने, पार्टी एक बनाउने बेला भएको बताउनु भयो । आलो घाउमा नुन छर्ने प्रवृत्ति गलत भएको उहाँले बताउनु भयो । अभिभावकमाथि सांघातिक प्रहार भएको बेलामा उपचार पूरा हुन दिँदा आकाश खस्छ ? उहाँको प्रश्न छ ।

प्रवक्ता महतले भन्नुभयो, ‘हाम्रो पार्टीमा पनि एउटा विभिन्न खाले बहस शुरु भएको छ । हाम्रो पार्टी सभापति जसले लोकतन्त्रको लागि लामो लडाईं लड्नुभयो । उहाँमाथि त्यस्तो किसिमको त्रासदीपूर्ण आक्रमण भयो । कतिपय जिम्मेवारी साथीहरु त्यो आक्रमण भएको अझै उपचारबाट निको नभइसकेको अवस्थामा पनि संवेदनशील हुन नसक्नु दुर्भाग्यपूर्ण कुरा हो । हाम्रो पार्टीले त्यसको भत्र्सना गरेको छ । निन्दा गरेको छ । जहाँकै पनि यस्तो खाले प्रवृत्तिहरु प्रवेश गरी राष्ट्रिय धरोहर सम्पती, व्यक्तिगत सम्पती र व्यवसायहरुमाथि आक्रमण गरेको त्यसको हामीले निन्दा गरेका छाँै । हाम्रो पार्टीभित्र अहिले जुन बहस आलो घाउ ठिक नहुँदै जुन खाले बहस शुरु गरिएको त्यसकोप्रति हामी गम्भीर हुनुपर्छ । अहिले एक हुनुपर्ने बेला छ । यो बेला आफ्नो कमजोरी हटाउने, पार्टी एक बनाउने हो । तर जुन बेलामा घाउ लागेको छ । घाउमा नुन छर्ने प्रवृत्ति गलत प्रवृत्ति हो । २३ गते भन्दा चार दिन अघिसम्म त्यही सभापति अत्यन्त ठिक हुने, त्यही सभापति हामी त बरु अलि टाढा भएका थियौँ । हामी बरु टाढा भएका थियौँ ।’

‘जुन साथीहरुले अहिले प्रश्न उठाइरहनुभएको छ, तत्काल नेतृत्व परिवर्तनको कुरा गरिरहनुभएको छ, उहाँहरु सबैभन्दा नजिक हुनुहुन्थ्यो । तपाईंहरुले उहाँहरुका बोली, वचन, वक्तव्य, उठबसलाई राम्रोसँग तपाईंहरुले हेर्नुभयो भने उहाँहरु सबैभन्दा नजिक हुनुहुन्थ्यो । हामीले भनेका थियौँ । ओलीजीले जुन सोच र शैली देखाउनुभएको छ, त्यो ठिक भएको छैन । तर तुरुन्तै अहिले नयाँ परिस्थिति बन्ने बित्तिकै अब हुँदै हुँदैन, एकछिन पनि हुँदैन भनेको के हो ? अभिभावकमाथि सांघातिक प्रहार हुँदा हामी त्यो उपचार पनि पूरा हुन पर्खिन सक्दैनौँ । आकाश नै झरिहाल्छ ? अवश्य पनि हामी मन्थन गर्दछौँ नि । त्यसमा गम्भीर समीक्षा गछौँ । मूल्यांकनको आधारमा सुधार गर्दछौँ । जिम्मेवार साथीहरुले छुट्टै बहस थाल्ने कुराले पार्टीलाई राम्रो गर्दैन ।’

प्रवक्ता महतले निर्धारित समयमा पार्टीको महाधिवेशन गर्ने जिम्मेवारी पदाधिकारीलाई दिएको बताउँदै पार्टी सभापतिमाथि मात्रै सबै दोष थुपार्ने कुरा गलत भएको बताउनु भयो । समयमै अधिवेशन सम्पन्न होस् र त्यसमार्फत नयाँ नेतृत्वको निर्वाचन होस् भन्नेकुरा आफूहरुले पनि चाहेको जिकिर गर्नुभयो । महामन्त्री थापाप्रति लक्षित गर्दै उहाँले बोल्न सहज हुने तर काम गर्न कठिन रहेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘निर्धारित समयमा निर्वाचन गर्ने जिम्मेवारी उहाँहरुलाई दिएको थियो । पार्टी नेतृत्वले पूरा स्वतन्त्रता दिएको थियो । त्यो कुरा उहाँहरु भुल्नु भएन । हामीले त चाहेका छौँ, समयमै अधिवेशन सम्पन्न होस् र त्यसमार्फत नयाँ नेतृत्वको निर्वाचन होस् भन्ने हामी चाहन्छौँ तर तयारी गर्ने काम उहाँहरुको थियो । कुरा गर्न सजिलो हुन्छ । काम गर्न गाह्रो हुन्छ । कुरा धेरै भएको छ, काम कम भएको छ । त्यसकारण सम्पूर्ण दोष एउटा व्यक्ति वा पार्टी सभापतितर्फ पन्छाएर हामी कोही पनि जिम्मेवारीबाट मुक्त हुँदैनौँ । जसको जति जिम्मेवारी छ, सबैले त्यो जिम्मेवारी किन पूरा गर्न सकिएन त्यो जिम्मेवारी लिनुपर्छ ।’

प्रवक्ता महतले संवैधानिक व्यवस्थालाई पूर्ण रुपमा टेकेर अहिलेको सरकार बन्न नसक्नु दुःखद् भएको बताउनु भयो । अब संविधानसम्मत बाटोबाट अघि बढ्नुपर्ने बताउनु भयो । जेन जी आन्दोलनको क्रममा पार्टीका कार्यकर्ताहरु प्रवेश गरेर सरकारी र निजी सम्पतीमाथि आगजनी र तोडफोड गरिएको भन्दै उनीहरुमाथि छानविन गरी कारबाही गर्नुपर्ने बताउनु भयो । चाँडो भन्दा चाँडो लोकतान्त्रिक पद्धति र जननिर्वाचित सरकारको स्थापना हुन जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मैले पनि सुनिरहेको छु, विभिन्न पार्टी पंक्तिका मान्छेहरु पनि प्रवेश भए, के नियतले भए, के सोचले भए, किन त्यो गरे । त्यसले के प्राप्त हुने भयो । त्यसको सबै पार्टीले मूल्यांकन गर्ला । मूल्यांकन गर्नुपर्छ । यदी त्यस्तो प्रवृत्तिमा संलग्न छन्, उनीहरुले घोत्लिनु जरुरी छ । पार्टी नेतृत्वले त्यस्ता प्रवृत्तिहरु निषेध गर्नुपर्छ । यो सरकार संवैधानिक व्यवस्थालाई पूर्ण रुपमा टेकेर बन्न सकेन । यद्यपि यो बनेको छ । संसद नभए पनि हामीले यसको विरोध गरेका छैनौँ । तथापि यो संविधानसम्मत बाटोबाट यो अघि बढ्नुपर्छ । संसद भएर पनि यसलाई अझ संविधानसम्मत बनाउन सकिन्थ्यो । त्यसमा त्रुटी भएको छ । आउने दिनमा पार्टीभित्र पनि गम्भीर छलफल हुन्छ । अन्तर पार्टी पनि छलफल हुन्छ, नागरिक समाज, नवयुवासँग पनि छलफल हुन्छ । चाँडो भन्दा चाँडो लोकतान्त्रिक पद्धति र जननिर्वाचित सरकारको स्थापना हुन जरुरी छ ।’

प्रवक्ता महतले विराटनगरमा कोईराला निवास जलाउनु भनेको राणाविरुद्ध कृष्णप्रसाद कोईरालाले लढेर गल्ती गरेको भन्न खोजेको हो ? भन्दै प्रश्न गर्नुभयो । गणेशमान सिंहले २०४६ सालको आन्दोलन गर्नु गल्ती हो भन्न खोजेको हो ? भन्ने प्रश्न उहाँको छ । नवपुस्ताहरुको आन्दोलनले थप सोच्न बाध्य बनाएको बताउनु भयो । व्यवधानको बाबजुत देशमा धेरै कुरा विकास भएको उहाँको दाबी छ ।