२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति भण्डारेश्वर समितिद्धारा विपन्नलाई राहात प्रदान



अ+ अ-

काठमाडौं। पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिले लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी मजदुर र विपन्न परिवारलाई राहात प्रदान गरेको छ । सो राहात हिजो काठमाडौं महानगरपालिका वडा नम्वर ७ लाई हस्तान्तरण गरेको हो।

पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिका अध्यक्ष रमेश महर्जनले काठमाडौं महानगर वडा नं ७ का अध्यक्ष शुद्द कुमार डंगोललाई सो राहतस्वरुप खाद्य सामग्री हस्तान्तरण गरेका हुन्।

दैनिक ज्यालादारी मजदुर र विपन्नलाई राहत वितरण गर्न २४ सय केजी चामल र २५० केजी दाल आइतवार हस्तान्तरण गरिएको अध्यक्ष महर्जनले जानकारी दिए। उनले वडा कार्यालय मार्फत आवश्यकता भएका व्यक्तिहरुको हातमा खाद्यान्न सामग्री पुग्ने विश्वास व्यक्त गरे।