१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन अध्यक्ष दाहालको आह्वान



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई अग्रगमनको मार्गमा अघि बढाउनका लागि  राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन सम्पूर्ण राष्ट्रप्रेमी नागरिकलाई आह्वान गर्नुभएको छ ।

संविधान दिवसका अवसरमा आज आयोजित जनप्रगतिशील मञ्च, एसिया प्रदेश सङ्गठन समितिको ‘भर्चुअल’ बैठकमा उहाँले अहिले मुलुकले व्यहोरिरहेका चुनौतीसँग जुध्न राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभयो । शासकीय अभ्यासलाई लिएर जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली र पूर्ण समानुपातिक संसद्को निर्वाचन प्रणाली अवम्बन गरिनुपर्ने उहाँको भनाइ छ ।

अध्यक्ष दाहालले संविधान निर्माणका क्रममा माओवादीले फरक मत दर्ज गराएको शासकीय स्वरुप र निर्वाचन प्रणालीको महत्व अहिले झन् सान्दर्भिक देखिएको उल्लेख गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

कैयन प्रतिकूलताकाबीच जेनजी आन्दोलनको माग सम्बोधन र संविधानको रक्षामार्फत देशलाई सहज निकास दिन माओवादी केन्द्रले विशेष भूमिका निर्वाह गरेको जनाउँदै अध्यक्ष दाहालले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न अन्तरिम सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । बैठकमा माओवादी केन्द्रका नेता एवं जनप्रगतिशील मञ्चका प्रतिनिधिलगायतको उपस्थिति थियो । रासस