२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकमा पैसा झार्दै हिँडेको आशंकामा पक्राउ परेका महिला रिहा



अ+ अ-

धनुषा । सडकमा पैसा फालेर भागेका दुई महिला रिहा भएकी छन् । आइतबार साँझ जिल्ला प्रहरी कार्यालय धनुषाले उनिहरुलाई कुनै पनि हालतमा घरबाहिर ननिस्किने सर्तमा रिहा गरेको हो ।

शुक्रबार दिउँसोतिर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ महावीर चोकको बीच सडकमा दुबै महिला १०/१० रुपैयाँको नोट फालेर भागेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले तत्काल उक्त नोट उठाएर उक्त स्थानलाई स्यानिटाइज गरेको थियो।

शनिबार दिउँसो उनीहरूलाई जानकी मन्दिर नजिक रहेको मस्जिद नजिकबाट नियन्त्रणमा लिई र्यापिड टेस्ट गरिएको थियो। र्यापिड टेस्ट गर्दा दुईमध्ये एक जना महिलामा पोजेटिभ देखिएको थियो पछि पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो ।