२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी पास लिनेको भिड अझै रोकिएन



अ+ अ-

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम मोलेरै भएपनि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पास लिनेहरुको भिड अझै रोकिएको छैन् ।

सरकारले भिडभाड बढेसँगै अत्यावस्यक कामका लागि अनलाइनबाटै इ–पास लिने व्यवस्था गरेको थियो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले पारिवारीक मृत्यु संस्कारका लागि बाहेक अन्य कामका लागि पास वितरण नगर्ने बताएपछि अहिले कार्यालयमै आएर पास माग गर्नेहरुको संख्या बढेको हो । जसले गर्दा जिल्ला प्रशासन कार्यालय अगाडि भिडभाड हुन गई कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ । सोमबार दिउसो पनि प्रशासन कार्यालय अगाडि यस्तै भिडभाड देखिएको छ । पास लिन आउनेहरु पनि मृत्यु संस्कारका लागि पास मागेका भने होइनन् । कोही काठमाडौंमा खानेकुरा सकिएपछि घरजान पास माग्ने श्रमिकहरु छन भने कोही कार्यालय प्रयोजनाका लागि पास माग्नेहरु छन् । यस्तै अत्यावस्यक कामका लागि घर जानुपर्ने भन्दै पास लिन आउनेहरु पनि छन् ।

लकडाउन सुरु भएसँगै सरकारले अत्यावस्यक कामका लागि पास दिने व्यवस्था गरेको थियो । पास वितरण गर्दा लकडाउन उलङ्घन हुने र न्यूनतम सामाजिक दूरी कायम गराउन कठिन भएपछि अनलाइनबाटै इ–पास लिने व्यवस्था गृह मन्त्रालयले गरेको थियो । तर काठमाडौं जिल्ला प्रशासन कार्यालयले मृत्यु संस्कारको काममा लागि बाहेक अन्य कामका लागि इ–पास नदिने बताएपछि अहिले कार्यालयमै आएर पास माग्नेहरुको भिड बढेको हो । यसबाट लकडाउन उलङ्घन मात्र भएको छैन कोरोना भाइरसको संक्रमणको जोखिम समेत बढेको छ । लकडाउन भनेको औषधि उपचार, खाद्यवस्तु खरिद लागतयका अत्यावश्यक कामका लागि बाहेक कुनैपनि व्यक्तिलाई घरबाट बाहिर ननिस्कन सरकारले दिएको आदेश हो । तर जिल्ला प्रशासन कार्यालयले पास वितरणमा अस्पस्ट नीति लिएपछि अहिले फेरी कार्यालय अगाडि भिड लाग्ने गरेको छ । जसबाट कोरोना भाइरस संक्रमणको जोखिम झनै बढेको छ ।