२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा लक डाउन जारि भएकै वेला सामुदायिक प्रहरी सेवा केन्द्रले यसरी गर्यो दैनिक सामुहिक निःशुल्क भोजन (फोटो फिचर)



अ+ अ-

काठमाडौं । बिश्वभर माहामारिको रुपमा फैलिएको कोभिड-१९ को कारण नेपालमा जारी लक डाउनबाट उत्पन्न परिस्थितिले देशका विभिन्न ठाउहरुबाट उपचारका लागि राजधानीका गंगालाल, न्युरो अस्पतालमा आएका विरामीका कुरुवा र सर्बसाधारणहरुलाई सामुदायिक प्रहरी सेवा केन्द्र महाराजगन्ज बासबारीले निःशुल्क भोजन गराई रहेको हो।

आइतवार तेस्रो दिन सम्म सामुहिक भोजनमा १ सय ५० जना भन्दा बढीलाई निःशुल्क भोजन उपलब्ध गराएको छ। केन्द्रका अध्यक्ष रमेश कुमार खड्काले निःशुल्क सामुहिक भोजन सरकारले जारि गरेको लक डाउन अवधि सम्म निरन्तर रहने समेत जानकारी गराउनु भयो । सामुहिक भोजन कार्यक्रम दैनिक बिहान १०ः०० बजेदेखी १२ः०० बजे सम्म रहने संयोजक खड्काले बताए ।

उक्त निःशुल्क भोजन कार्यक्रमका सहकर्मी शितल बस्नेत भन्छन हस्पिटलमा बिरामी कुरुवा बाहेक सर्बसाधारण उपस्थिति पनि बददै गएका छन् ।