२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० डिआइजीको पदस्थापन



अ+ अ-

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को पदस्थापन र केहीको सरूवा गरेको छ । सोमबार गरिएको १० पदस्थापनमध्ये सात जनालाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ । पदस्थापनअनुसार प्रदेश– १ मा ईश्वरबाबु कार्की, २ मा धिरजप्रताप सिंह, बागमतीमा बसन्त लामा र गण्डकी प्रदेश घनश्याम अर्याल रहेका छन् । त्यस्तै, प्रदेश–५ मा रविन्द्र धानुक, कर्णाली प्रदेशमा बसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तम सुवेदी रहेका छन् ।

यसैगरी, सिआइबीमा सहकुल थापालाई पदस्थापन गरिएको छ । थापा यसअघि अपराध महाशाखाका प्रमुख थिए । विशेष ब्युरोमा प्रद्युम्न कार्कीलाई सरूवा गरिएको छ । यसअघि कार्की प्रदेश २ को डिआइजीमा थिए । त्यस्तै, प्रहरी प्रधान कार्यालयमा निरज शाहीलाई पठाइएको छ । प्रहरी तालिम केन्द्रको जिम्मेवारी प्रकाशजंग कार्कीलाई दिइएको छ भने अख्तियार अनुसन्धान कार्यालयमा अरूण बिसीलाई पठाइएको छ ।

७ बैशाखमा मन्त्रीस्तरको निर्णयबाट बढुवा भएका १० र कार्यरत रहेका दुई डीआईजीको सरुवा तथा पदस्थापन भएको हो । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले बढुवा भएका उनीहरूलाई सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दज्र्यानी चिन्ह लगाइ दिएका थिए । सौर्य दैनिक