१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमान विदेश गएका बेला परपुरुषसँग अवैध सम्बन्ध राख्दै गरेको देउवरले देखेपछि…



अ+ अ-

महोत्तरी । महोत्तरी जिल्ला अदालतले देवरको हत्याको अभियोगमा एक महिलालाई कारागार चलान गरेको छ । पति वैदेशिक रोजगारीमा रहेका बेला आफ्नै घरमा बोलाएर परपुरुषसँग अवैध सम्बन्ध राखेकै बेला आपत्तिजनक अवस्थामा देवरले देखेपछि भाउज्यूले प्रेमीसँग मिलेर उनको हत्या गरेको आरोपमा उनलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि आज कारागार लगेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सम्सी गाउँपालिका २ बस्ने रकिवुल अन्सारीकी पत्नी २८ वर्षीया सगिरा खातुनलाई जिल्ला अदालतले कारागार चलान गरेको हो ।

सगिराले प्रेमीसँग मिलेर गत चैत ९ गते देवर १३ वर्षीय मजिबुको घाँटी थिचेर हत्या गरी शव घर नजीकै रहेको कब्रस्तानमा गाड्न लगिरहेका अवस्थामा स्थानीयवासी सदिक मोमिनले घटनाबारे जानकारी गराएपछि प्रहरीले शव नियन्त्रणमा लिएको थियो ।