२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उदयपुरमा थप ८ जनामा कोरोना संक्रमणको आशंका



अ+ अ-

काठमाडौं । उदयपुरमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण आशंका गरिएको छ । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका स्थित मस्जिदमा ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा रहेकाहरू ६८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएका ८ जनामा शंकास्पद नतिजा देखिएको हो ।

शंकास्पद नतिजा देखिएपछि पुनः परीक्षणका लागि धरानमा पठाइएको हो । कोरोना संक्रमण हो या होइन भन्ने धरानमा परीक्षणपछि मात्र थाहा हुने ती चिकित्सकले बताए ।