१४ असार २०८३, आईतवार
,
Latest
केही कमजोरीहरू भए आत्मसमीक्षा गरौँला, तर देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत होः अध्यक्ष ओली हामीले असाधारण काम गरेका छौँ, एमालेका नीतिहरू एकदमै सही छन्ः अध्यक्ष ओली अघिल्लो सरकारको पालामा मुलुकलाई ग्रे लिष्टमा पारियो, हामी निकाल्ने क्रममा छौँः अर्थमन्त्री वाग्ले रास्वपाको संघीयता सम्बन्धी प्रश्ताव अवसरवादी र अपरिपक्वः वर्षमान पुन प्रतिगमनविरुद्ध लोकतान्त्रिक वामपन्थी एक हुनुपर्छ : ओली सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत अहिलेको सरकारको प्रमुख प्राथमिकता नै विकास निर्माण होः कानूनमन्त्री गौतम सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत वामपन्थी र देशभक्त शक्तिहरूबीचको एकतामा ढिलाइ गरे ‘भयानक दुर्घटना’ हुनेछः संयोजक दाहाल त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा झन् बढ्दै कोरोना- एकै दिन ५० को मृत्यु, १३ सय संक्रमित



अ+ अ-


काठमाडौं । भारतमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण निकै बढ्दै गएको देखिएको छ । भारतबाट प्राप्त पछिल्लो समाचारअनुसार यहाँ पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार यससँगै कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या ६ सय ४० पुगेको छ ।

यसरी भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि १९ हजार नौ सय ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा संक्रमितको संख्या पनि एक हजार तीन सय ८४ जना नयाँ संक्रमित फेला परेका छन् ।

यहाँको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्र हो । यहाँ अहिलेसम्म दुई सय ५१ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै गुजरातमा ९०, मध्यप्रदेशमा ७६, दिल्लीमा ४७ जनाको मृत्यु भइसकेको छ । भारतको उत्तर प्रदेशमा संक्रमित हुनेको संख्या एक हजार दुई सय ९४ पुगेको छ भने २० जनाको मृत्यु भइसकेको छ । त्यस्तै बिहारमा एक सय २६ संक्रमित देखिएका छन् भने दुईजनाको मृत्यु भइसकेको छ । भारतमा यसका संक्रमितहरुमध्ये अहिलेसम्म तीन हजार आठ सय ७० जना निको भइसकेका छन् ।