१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना नियन्त्रण तथा उपचारका कोषमा २ अर्ब ११ करोड सङ्कलन



अ+ अ-

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा उपचारका कोषमा अहिलेसम्म रु दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ सङ्कलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार हिजो मङ्गलबार मात्र रु एक करोड ३५ लाख तीन हजार ४२० कोषमा जम्मा भएको छ ।

मङ्गलबार एभरेष्ट बैंकले रु ६० लाख, राष्ट्रिय योजना आयोगबाट रु चार लाख ६६ हजार २३०, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी कर्मचारीको तर्फबाट रु तीन लाख ९२ हजार ९१३, भेरी प्राविधिक शिक्षालय रु दुई लाख ९४ हजार ८५५, न्याय हेल्प नेपाल रु दुई लाख ७१ हजार २०, नाम नामेसी नखुलेका तथा रु एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थाबाट रु ४५ लाख ५८ हजार ५९ सङ्कलन भएको छ ।

सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका सहयोग पु¥याउन कोष स्थापना गरेको हो । कोषमा सङ्कलन भएको रकम रोकथाम र नियन्त्रणका लागि सरकारले खर्च गर्ने छ ।