१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तब्लिक अगुवाहरुलाई कोरोनामुक्त रहेको प्रमाणपत्र लिन आग्रह मुस्लिम संघ नेपालको अपिल



अ+ अ-

काठमाडौं । मुस्लिम संघ नेपालले तब्लीक जमातीहरुलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गराउन अपिल गरेको छ ।

जमातीहरुले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला व्यापक भएपछि सबैलाई स्थानीय तहका सम्पर्कमा गएर परीक्षण गराउन संघले अपिल गरेको हो । संघका अध्यक्ष अब्दुल सतारले नेपालमा रहेका तब्लिक अगुवाहरुलाई जुन जिल्लामा भएपनि परीक्षण गराएर कोरोनामुक्त रहेको प्रमाणपत्र लिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘अझै पनि समय छ । नेपालमा रहेका तब्लिकका अगुवा साथीहरु कुन-कुन जिल्लामा को कहाँ छन् उनीहरुलाई तत्काल स्थानीय सरकारको सम्पर्कमा गएर र्यापिड टेष्ट गराई कोरोना संक्रमण छैन भन्ने प्रमाणपत्र लिएर मात्रै बस्नुहोला भनेर अनुरोध गर्दछु ।’’

अध्यक्ष सतारले तब्लिक जमातीहरु संक्रमण फैलाउने समूह नभएको कुरामा विश्वस्त हुन आग्रह गर्नुभयो । जमाती समूह निःस्वार्थ हिसाबले प्रवचनमा हिड्ने र आफ्नो धर्मको प्रशिक्षण गराउने काममा मात्रै लाग्ने भएका कारण बजार हल्लाको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो । विशुद्ध धार्मिक कार्यक्रम भएकाले जमातीहरुलाई छुनै नहुने, उनीहरुको बाटो हिड्नै नहुने भन्ने धारणा त्याग्न पनि उहाँले सबैमा आग्रह गर्नुभयो ।

कुनै पनि संक्रमण जाति र वर्ग विशेष भनेर नफैलिने उल्लेख गर्दै उहाँले नेपाल सरकारले घोषणा गरेको लक डाउनका पालना गर्दै सामाजिक दुरी कायम गर्न सबैमा आग्रह गर्नुभयो । अध्यक्ष सतारले रमदानमा सामूहिक नमाज पढ्ने र रोजा गर्ने प्रचलन रहँदै आएकोमा यो वर्ष एक ठाउँमा भेला भएर गर्नुभन्दा घरमा सामाजिक दुरी कायम गरेर पढ्न आग्रह गर्नुभयो ।