२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुईजना नर्सलाई कोरोना नभएको पुष्टी



अ+ अ-

काठमाडौं । केन्द्रीय कारागार अस्पतालका दुईजना नर्सलाई कोरोना सङ्क्रमण नभएको पुष्टी भएको छ । मंगलबार र्यापिड टेस्टमा पोजेटिव देखिएपनि पीसीआर परीक्षणमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरुको आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्टमा कोरोना संक्रमण नदेखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलले जानकारी दिए ।

दुबै जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको उनले बताए ।