४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा पेट्रोलियम मूल्य बढ्दा पनि नेपालमा मूल्य यथावत राखियो



अ+ अ-

काठमाडौँ। यसपटक पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आए पनि नेपाल आयल निगमले मूल्यलाई यथावत राखेको हो ।

आईओसीबाट ३० भदौमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर २ रुपैयाँ २९ पैसा र डिजेलमा ३ रुपैयाँ ४६ पैसा बढेर आएको निगमले जनाएको छ ।

चाडबाड नजिकिएको र देशको विषम परिस्थितिका कारण मूल्य यथावत् राखिएको निगमले जनाएको छ। काठमाडौंमा हाल पेट्रोल प्रतिलिटर १६१ र डिजेल तथा मट्टीतेल १४५ रुपैयाँ कायम छ।